विश्व स्वास्थ्य संगठनले भन्यो-कोभिड विरुद्धको खोप अर्काे वर्षको मध्यपछि मात्र



विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले यो खोप बजारमाा आइसक्नका लागि अर्काे वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्ने बताए ।

त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सकने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए ।

उनले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताए । त्यस ट्रायलको परीणाम यसै वर्षको अन्त्यसम्मा या आगामी वर्षको शुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया शुरु हुने जानकारी पनि प्रमुख वैज्ञानिकले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा रेल अपहरणः तीन सयको उद्दार

बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरू कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक

जर्मनीमा नवीकरणीय ऊर्जाबाट लगभग ६० प्रतिशत बिजुली उत्पादन हुने

बर्लिन । जर्मनीको बिजुली उत्पादनको ५९.४ प्रतिशत हिस्सा वायु ऊर्जा, सौर्य ऊर्जा, बायोग्यास

भारतको बायर्निहाट शहर विश्वव्यापी प्रदूषण सूचीको शीर्ष स्थानमा

नयाँदिल्ली । स्वीस वायु निगरानी कम्पनी आईक्यु एयरद्वारा जारी गरिएको विश्व वायु गुणस्तर

चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण

बेइजिङ । चीनले गतवर्ष ४४ लाख ५० हजार हेक्टरमा पुनः वन वृक्षारोपण गरी