आँधी र कोरोना भाइरसबाट बच्ने उपाय खोज्न उत्तर कोरियाली नेता किमको अपील



उत्तर कोरियाका नेता किम जोङ उनले कोरोनाभाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन नागरिकलाई अपील गरेका छन् । तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता उनले देशमा कोरोनाभाइरसको सङ्क्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका हुन् ।

उनले बिहीबार देशमा आँधी आउने पुर्वानुमान समेत गरिएको जानकारी पनि दिएका छन् । सत्तारुढ दल वर्कर्स पार्टीको सो बैठकमा उनले अनपेक्षित चोट पुग्न सक्ने चिन्ता पनि व्यक्त गरेका थिए । दुवैका विरुद्धमा सरकारले पनि आफ्नो तर्फबाट तयारीहरु गरिरहेको उनले बताएका उत्तर कोरियाको आधिकारिक समाचार संस्थाले समाचार संप्रेषण गरेको छ ।

उनले आँधीका कारण हुने क्षति न्युनिकरणका लागि तत्काल पर्याप्त तयारी र प्रयासहरु गर्न पनि आग्रह गरेका छन् । अत्यधिक बर्षा र बाढीका कारण ठूलो क्षति भएको एक हप्तामै उत्तर कोरियामा अर्को क्षति हुनेगरी आँधी आउन लागेको हो ।

दुवै घटनाले देशको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्ने पनि नेता किमले चिन्ता व्यक्त गरेका समाचारमा जनाइएको छ । कोरोना र आँधीसँग जुध्नका लागि सवै तह र क्षेत्रमा पार्टी र सरकारको तर्फबाट विभिन्न संयन्त्रहरु बनाउन पनि उनले निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा

नासाको भोएजर अन्तरिक्ष यानद्वारा पृथ्वीमा इन्जिनियरिङ अद्यावधिक पठाउन पुनः सुरु

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि पहिलो पटक भोएजर–१ अन्तरिक्ष यानले आफ्नो जहाजको

जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित

  सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप