सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिवको चिन्ता



न्यूयोर्क । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै द्वन्द्वका बीच धेरै क्षेत्रमा अनिकाल अवस्थाको चेतावनी दिएका छन् ।

एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) प्रवक्ता स्टेफनी ट्रेम्बलेले भने,“सुडानमा द्रुत रूपमा बिग्रँदै गएको खाद्य सुरक्षा अवस्थाबाट महासचिव चिन्तित हुनुहुन्छ । खाद्यान्न र पोषणमा पहुँच देशभरि लाखौं मानिसहरूको लागि बिग्रँदै गएको छ ।”

“आईपीसीको भोकमरी समीक्षा समितिको पछिल्लो प्रतिवेदनले सुडानमा कम्तिमा पाँच स्थानमा अनिकालको अवस्था रहेको देखाएको छ । उत्तरी डार्फर र दक्षिण कोर्डोफानको पश्चिमी नुबा पर्वतमा रहेका विस्थापन शिविरहरूलाई जोखिममा रहेको देखाएको छ ।”

सुडानमा २४ लाख भन्दा बढी मानिसहरू द्वन्द्वको साथसाथै तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

गुटेरेसले छिटो, सुरक्षित, निर्बाध र दिगो पहुँचको सुविधा दिनको लागि आफ्नो आह्वानलाई दोहोर्याए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र इरान युद्धविरामका लागि सहमत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहारबाट कुनै क्षति नभएको पुष्टि

दोहा । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ

सिरियाली चर्चमा भएको आक्रमणमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने

दमास्कस । सिरियाका कार्यवाहक राष्ट्रपति अहमद अल–शराआले राजधानी दमास्कसमा रहेको एक चर्चमा भएको

इजरायलसँग युद्धविरामबारे सहमति नभएको इरानको भनाई

बीबीसी । इजरायलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको