गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार


काठमाडौँ । गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा भने तीन खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबारको सङ्ख्या आव २०८१/८२ को तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको तुलनामा २०८१÷८२ मा भने घरजग्गाको कारोबार सङ्ख्या एक दशमलव ८४ प्रतिशतले घटेको थियो ।