एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु



भारतको दक्षिणी राज्य केरलाको कोझिकोडमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुबइबाट १९१ यात्रु बोकेर भारतको केरलाका लागि उडेको विमान कोझिकोडको कालीकट विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनामा दुईजना चालक दलका सदस्यसहित ११ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । विमानमा १० बालबालिकासहित १७४ यात्रु र सात जना चालक दलका सदस्यहरु थिए ।

विमान दुर्घटनापछि दुई टुक्रा भएको दृष्य भारतीय संचारमाध्यमले देखाएका थिए । विमानमा धेरै घाइते भएको एयर इण्डिया एक्सप्रेसका प्रवक्ताले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी

मस्को । रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको

लेबनान नछाड्ने लेबनानका लागि राष्ट्रसङ्घीय शान्ति सेनाको दाबी

बेरुत । लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (युनिफिल) ले शनिबार स्थानान्तरण गर्ने

निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन, मलाई थाहा छैन : बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त

लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार