कोरोना संक्रमणबाट अमेरिकामा १ लाख ५८ हजार भन्दा बढीको मृत्यु
विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड १४ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ८२ लाख ३४ हजार ९ सय ३६ जना सङ्क्रमण पुष्टि भएकामा १ करोड १४ लाख ४४ हजार १ सय ४९ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।
यस्तै, कोरोनाका कारण ६ लाख ९२ हजार ७ सय ९४ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ६० लाख ९७ हजार ९ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार ७ सयबढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४८ लाख १३ हजार ६ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २३ लाख ८० हजार २ सय बढी निको भएका छन् भने १ लाख ५८ हजार ३ सय भन्दा धेरैको ज्यान गएको छ ।
यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २७ लाख ३३ हजार ६ सय ७७ पुगेको छ भने ९४ हजार १ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १८ लाख ८४ हजार भन्दा बढी निको भएका छन् ।
यसैगरी छिमेकी मुलुक भारतमा १८ लाख ४ हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ३८ हजार १ सयबढीको मृत्यु भईसकेको छ भने ११ लाख ८७ हजार २ सय भन्दाबढी निको भएका छन् ।