कोरोना संक्रमणबाट उत्तर प्रदेशकी शिक्षामन्त्री रानी वरुणको निधन
कोरोना संक्रमणबाट भारतको उत्तर प्रदेश राज्यका एक मन्त्रीको निधन भएको छ । उत्तर प्रदेशकी शिक्षा प्रविधि मन्त्री एवं विधानसभा सदस्य कमला रानी वरुणको लखनउस्थित पीआईजी अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । उनको निधनप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गर्दै राष्ट्रले ठूलो क्षति व्यहोरेको बताएका छन् ।
रानी बरुणलाई गत २७ जुलाइमा कोरोना संक्रमण देखिएपछि लखनउको पीजीआई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा स्वासप्रस्वासमा समस्या बढ्दै गएपछि निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सन् १९५८ मा जन्मिएकी कमला रानी उत्तर प्रदेशको घाटमपुर, कानपुर नगरका बिधायक रहेकी थिइन् ।