भारतमा १७ लाख ५१ हजार संक्रमित, ३७ हजार ४ सयको मृत्यु, ११ लाख भन्दा बढी निको भई डिस्चार्ज



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या एक करोड ८० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ५ सय भन्दाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ करोड ८० लाख ११ हजार ८ सय ६६ पुगेको छ ।

संक्रमितमध्ये १ करोड १३ लाख २६ हजार २ सय ३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ हजार ३ सय भन्दा बढीको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ लाख ८८ हजार ६ सइ ८३ पुगेको वल्डोमिटरमा उल्लेख छ ।
संक्रमितमध्ये ५९ लाख ९६ हजार ९ सयभन्दा बढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार ७ सयबढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४७ लाख ६४ हजार ३ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २३ लाख ६२ हजार ९ सय बढी निको भएका छन् भने १ लाख ५७ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २७ लाख ८ हजार ८ सय ७६ पुगेको छ भने ९३ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १८ लाख ८४ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै छिमेकी मुलुक भारतमा १७ लाख ५१ हजार ९ सय भन्दाबढी संक्रमित भएका छन् भने ३७ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ११ लाख ४६ हजार ८ सय भन्दाबढी उपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन, मलाई थाहा छैन : बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त

लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र