विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ६८ लाख नाघ्यो, ६ लाख ६२ हजार भन्दा बढीको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ६८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४ सय ४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ८३ हजार ७ सय २ पुगेको छ । संक्रमितमध्ये १ करोड ४ लाख ४९ हजार ५ सय ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ५९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ लाख ६२ हजार ४ सय ८० पुगेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ५७ लाख ७१ हजार ६ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६६ हजार ४ सय भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ६७ जना, उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ११ हजार ६२० जना, एसियाली मुलुकहरूमा ९२ हजार ७२१ जना, दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३७ हजार २८८ जना, अफ्रिकी मुलुकहरूमा १८ हजार ४५० जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १८९ जनाको मृत्यु भएको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४४ लाख ९८ हजार २ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २१ लाख ८४ हजार ७ सय बढी निको भएका छन् भने १ लाख ५२ हजार ३ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २४ लाख ८४ हजार ६ सय ४९ पुगेको छ भने ८८ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १७ लाख २१ हजार ५ सयभन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा १५ लाख ३२ हजार १ संय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ३४ हजार २ सयबढीको मृत्यु भईसकेको छ भने ९ लाख ८८ हजार ७ सयबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन, मलाई थाहा छैन : बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त

लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र