भारतमा करिव १५ लाख मानिसमा कोरोना संक्रमण, ३३ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड २ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ६६ लाख ४४ हजार ४८ जना सङ्क्रमण पुष्टि भएकामा १ करोड २ लाख ३२ हजार ५० जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण ६ लाख ५६ हजार ५ सय ५० जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ५७ लाख ५५ हजार ४ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६६ हजार ५ सयबढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४४ लाख ३३ हजार ४ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २१ लाख ३६ हजार ६ सय बढी निको भएका छन् भने १ लाख ५० हजार ४ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २४ लाख ४३ हजार ४ सय ८० पुगेको छ भने ८७ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १६ लाख ६७ हजार ६ सयभन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा १४ लाख ८२ हजार ५ संय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ३३ हजार ४ सयबढीको मृत्यु भईसकेको छ भने ९ लाख ९ हजारबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन, मलाई थाहा छैन : बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त

लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र