अमेरिकाको दक्षिण टेक्ससमा समुद्री विपद्को उच्च प्रभाव, नागरिकलाई सतर्क रहन आग्रह



हाना नाम दिइएको एउटा समुद्री आँधी अमेरिकी राज्य टेक्ससको दक्षिण भेगमा बज्रिएसँगै अधिकारीहरूले त्यस भेगमा घातक आँधी, हुरी र ठूलो वर्षाको चेतावनी दिएका छन् । गभर्नर ग्रिग अबोटले ३२ वटा काउन्टी भनिने स्थानीय निकायका नाममा एउटा विपद् घोषणा गर्दै कोरोनाभाइरस महामारीले आपत्कालीन सेवाहरूलाई जटिल बनाउने बताएका छन् ।

शनिवार नै हाना समुद्री आँधी पड्री टापुमा बज्रिएको थियो। । जुन अहिले कोर्पस क्रिस्टी र ब्राउन्सभिल शहरबीचमा प्रभाव जमाइरहेको छ । प्रतिघण्टा १४५ किलोमिटरसम्मको वेगमा आएको आँधीले घरहरूका छाना उडाएको छ हाना यतिखेर क्याटेगरी वानमा पर्ने समुद्री आँधी हो । पाँच वटा तहमा मापन गरिने समुद्री आँधीमध्ये यो सबैभन्दा तल्लो तह हो ।

नेशनल हुरिक्यान सेन्टर (एनएचसीले) घातक आँधी टेक्ससको तटमा पोर्ट म्यान्सफिल्डदेखि सर्जेन्टसम्म फैलने भन्दै मानिसहरूलाई सजग गराएको छ । ह्युस्टन क्रोनिकल पत्रिकाका अनुसार यस आँधीले ह्युस्टन क्षेत्रको धेरैजसो भाग छोएर जानेछ । त्यसैगरी अर्को छुट्टै डोग्लास समुद्री आँधी समेत प्रतिघण्टा १४५ किलोमिटरकै वेगमा प्रशान्त क्षेत्रको हवाईतर्फ आइरहेको बताउँदै एनएचसीले त्यस क्षेत्रका मानिसहरूलाई सचेत गराएको छ ।

राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् आफ्नो प्रशासनले आँधीलाई नजिकबाट नियालीरहेको र दुवै राज्यसँग निकटमा रहेर काम गर्ने बताएका छन् । हाना बज्रिएको अमेरिकाको दक्षिणी राज्य टेक्ससमा कोभिड १९ बाट अहिलेसम्म ५ हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन, मलाई थाहा छैन : बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त

लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र