ब्राजिलका राष्ट्रपतिको कोरोना रिपोर्ट नेगेटिभ
ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको दुई साता अघि उनलाई कोरोना संक्रमण भएकोमा अहिले रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिएका छन् ।
राष्ट्रपति बोल्सोनारोले आफू कोरोना संक्रमित भएको र त्यसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरेको भिडियो सामाजिक सन्जालमा सेयर गरेका थिए ।
ब्राजिलका राष्ट्रपति बोल्सोनारोले कोरोना भाइरस संक्रमणलाई सामान्य फ्लू भन्दै बेवास्ता गर्दै आएका छन् । लकडाउनलगायतका स्वास्थ्य सतर्कताका अन्य उपाय नअपनाउँदा ब्राजिल कोरोनाबाट नराम्रोसँग प्रभावित भएको छ ।
ब्राजिल अमेरिकापछि विश्वमै बढी प्रभावित देशको सूचीमा छ । वल्डोमिटरका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २३ लाख ९६ हजार ४ सय ३४ पुगेको छ भने ८८ हजार ४ सय बढीको मृत्यु भएको छ ।