जापानमा भीषण बाढी, कम्तिमा १६ जनाको मृत्यु



बाढीले जापानमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । जापानको दक्षिण पश्चिमी क्षेत्रमा आएको बाढीले एउटा नर्सिङ होम नै बगाएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । जापानी संचार संस्था एनएचकेका अनुसार जापानको कुमामोतो र कागोशिमा प्रिफेक्चरमा केही ठाउँमा बाढीले ठूलो संख्यामा घरहरु बगाएको छ ।

बाढीले नर्सिङ होम बगाउँदा त्यहाँ रहेका १४ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परि दर्जनौं बेपत्ता भएका छन् । दुई वटा प्रिफेक्चरका ७५ हजारभन्दा बढी व्यक्तिलाई उद्धार गर्नुपर्ने अवस्था रहेको जापानी अधिकारीहरुले चेतावनी दिएका छन् ।

प्रधानमन्त्री सिन्जो आबेले उद्धार र राहत कार्यमा जापान डिफेन्स फोर्सका करिब १० हजार सुरक्षाकर्मी खटिइसकेको बताएका छन् । कुमामोतोको कुमा नदीमा रहेको पुल बाढीले बगाएकाले उद्धारमा कठिनाइ भइरहेको छ । बाढी कारण करिब ८ हजार घरमा बत्ती नभएको पनि जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित

उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा