अमेरिकामा बेरोजगारहरुको संख्या ह्वात्तै बढ्यो



कोरोना भाइरसको महामारीका कारण अमेरिकी अर्थतन्त्र प्रभावित भएको छ । अमेरिकी केन्द्रीय बैंकले कोरोनाको विश्वव्यापी मन्दीका कारण अर्थतन्त्रमा गिरावट आएको जनाएको छ ।

गतहप्ता अमेरिकी सेयर बजारमा करिब ७ प्रतिशतले गिरावट आएसँगै केन्द्रीय बैंकले यस्तो चिन्ता व्यक्त गरेको हो । यता युरोपेली र एसियाली सेयर बजार पनि प्रभावित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत हप्ता मात्र अमेरिकामा डेढ लाख मानिस बेरोजगार भएको बताइएको थियो । बैंक नीति निर्माताहरुले यो वर्षको अन्त्सम्ममा अमेरिकामा बेरोजगारको दर ९ प्रतिशतसम्म पुग्ने आंकलन गरेका छन् ।

यसैबीच अमेरिकामा कामबाट निकालिएर बेरोजगारी भत्ताको दावी गर्नेहरुको संख्या १५ लाख पुगेको छ । अघिल्लो हप्तासम्म यसरी बेरोजगारी भत्ता दावी गर्नेहरुको संख्या अनेपेक्षित भएको अधिकारीहरुले बताएका छन् । अहिले पनि धेरै अमेरिकीहरुले जागिर गुमाउने क्रम जारी नै रहेको उनीहरुले जानकारी दिएका छन् । अर्थतन्त्र र बजारमा विस्तारै सुधार हुँदै गएपनि रोजगारी गुमाउने क्रममा भने नरोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत