कोरोना महामारीकाबीच निर्वाचन प्रचारप्रसार थाल्ने ट्रम्पको घोषणा



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीका बीच आगामी निर्वाचनका लागि प्रचारप्रसार थाल्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले चार राज्यमा आफ्ना चुनावी सभाहरु आयोजना गर्ने घोषणा गरेका छन् ।

गत वर्षको अन्तिमदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको चुनावी सभा पुनः सुरु गर्ने ट्रम्पले बताएका हुन ।

कोरोनाका कारण विगत तीन महिना खेर गएको भन्दै राष्ट्रपति ट्रम्पले अब भने चुनावी र्याली र सभालाई निरन्तरता दिने बताएका हुन ।

ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पले ओकाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीमा चुनावी सभाहरु थाल्ने बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनले अमेरिकालगायत विश्वभर कोरोना नियन्त्रणमा नआइसकेकाले न्यूनतम मापदण्ड पूरा गरेर मात्र आफ्ना गतिविधिहरु सञ्चालन गर्न आग्रह गर्दै आएको छ ।

कतिपय देशअरुले लकडाउन जारी राखेपनि अमेरिकामा भने कोरोना नियन्त्रणका लागि लकडाउन गरिएको छैन ।

जसका कारण अमेरिकामा मात्र एक लाख भन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ ।

निर्वाचन नजिकिन थालेपछि दलहरुले चुनावी सभालाई तीव्र पार्नुपर्ने भएपनि कोरोना महामारीले सबै गतिविधिहरु प्रभावित हुँदै आएका छन् ।

आगामी निर्वाचनका लागि राष्ट्रपति ट्रम्पका प्रतिष्पर्धीको रुपमा डेमोक्रेट्सका तर्फबाट पूर्व उपराष्ट्रपति जो विडेन उम्मेद्वार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत