सर्वोच्चको आदेशपछि ब्राजिलमा कोरोना संक्रमितको तथ्यांक राख्न सुरु



ब्राजिलले कोरोना भाइरस संक्रमित र त्यसबाट मृत्यु हुनेको तथ्यांक पुनः राख्न सुरु गरेको छ । मंगलबार सर्वोच्च अदालतले सरकारलाई कोरोना भाइरसको तथ्यांक पारदर्शी ढंगले सार्वजनिक गर्न आदेश दिएको थियो । दुई दिनअघि ब्राजिलको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटबाट कोरोना बिरामीसँग सम्बन्धित तथ्यांक हटाइएको थियो ।

यो घटनालाई लिएर ब्राजिलको आलोचना भइरहेको थियो । ब्राजिलको स्वास्थ्य विभागले तथ्यांक हटाउनुका साथै आगामी दिनमा कोरोना भाइरस संक्रमितको तथ्यांक जारी नगर्ने घोषणा गरेको थियो ।

तर सर्वोच्च अदालतले मन्त्रालयलाई पुनः तथ्यांक जोड्न आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीशले आदेश सुनाउँदै सरकारको कदमले कोरोना भाइरसको निगरानीलाई असम्भव बनाइदिएको बताए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि ब्राजिललाई कोरोना भाइरस संक्रमितको तथ्यांक पारदर्शी रुपमा सार्वजनिक गर्न अपिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही