ब्रिटिश राजकुमार एन्ड्र्यूलाई यौन दुराचारको मुद्दामा बयान दिन अमेरिकाको आग्रह



ब्रिटेनका एक राजकुमार, ड्युक अफ योर्क एन्ड्र्यूलाई अमेरिकी अधिकारीहरूले यौन दुराचारी जेफ्री एप्स्टीनसँगको सम्बन्धबारे बयान दिन आग्रह गरेको बताइएको छ । अमेरिकी न्याय मन्त्रालयले एप्स्टीनबारेको अनुसन्धानको एउटा पक्षको रूपमा ब्रिटिश राजकुमार एन्ड्र्यूलाई बयान दिन औपचारिक आग्रह गरेको कुरा सबैभन्दा पहिले द सन पत्रिकाले प्रकाशित गरेको थियो ।

ती अमेरिकी व्यापारीसँगको मित्रताका कारण राजकुमार एन्ड्र्यूले तीब्र आलोचना बेहोर्नु परेको छ । ड्युकले एप्स्टीनको घरहरूमा गएका बेला आफूले कुनै पनि शङ्कास्पद व्यवहार नदेखेको यसअघि बताएका थिए । उनले गत वर्ष एप्स्टीनसँगको सम्बन्धबारे बीबीसीलाई अन्तर्वार्ता दिएपश्चात भएको व्यापक आलोचनापछि शाही जिम्मेवारी त्यागेका थिए। ६६ वर्षिय एप्स्टीनले यौनकालागि महिलाको तस्करी र षड्यन्त्रको आरोप सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा गत अगस्ट महिनामा जेलभित्रै आत्महत्या गरेका थिए ।

बीबीसीका शाही संवाददाता जनी डाइमन्डले अमेरिकी अधिकारीहरूले दुई देशबीच विद्यमान पारस्परिक कानुनी सहायता (एमएलए) को प्रावधान अन्तरगत ब्रिटिश गृहमन्त्रालयलाई त्यस्तो बयान दिनका लागि गरिएको आग्रह बुझाएको समाचार बीबीसीले पुष्टि गरेको बताएका छन् । तर अमेरिकी न्याय मन्त्रालय वा ब्रिटिश गृहमन्त्रालयले त्यसको पुष्टि नगरेको उनको भनाइ छ ।

एमएलएको प्रावधान अनुसार राजकुमार एन्ड्र्यूले यदि स्वेच्छिक रूपमा त्यसको जवाफ दिएनन् भने प्रश्नहरूको जवाफ दिन ब्रिटेनको अदालतमा उनलाई बोलाउन सकिन्छ । राजकुमार एन्ड्र्यूले अमेरिकी कानुन अधिकारीहरूसँग गरेको समन्वयबारेको बिस्तृत विवरणसहितको पूर्ण वक्तव्य आज आउने ठानिएको छ । अन्य राज्यद्वारा गरिने एमएलए आग्रह सामान्यतया कानुन लागु गराउने निकायहरूले सहयोग प्राप्त गर्न नसकेपछि फौजदारी अपराधको अभियोजन वा अनुसन्धानमा सहयोग प्राप्त गर्नका निम्ति गरिन्छ ।

गृहमन्त्रालयको कार्यविधि अनुसार त्यस्तो आग्रह गरिएको हो वा होइन भन्ने कुरा पुष्टि पनि नगर्ने अस्वीकार पनि नगर्ने ब्रिटिश गृह मन्त्रालयको नियमित नीति नै हो । सन् २०१९ को नोभेम्बर महिनामा बीबीसीको न्यूजनाइट कार्यक्रमलाई दिएको अन्तर्वार्तामा ड्युकले एप्स्टीनलाई सन् २००८ मा कम उमेरका किशोरीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दोषि ठह¥याइए पनि उनीसँगको मित्रतालाई लिएर कुनै पश्चाताप नभएको बताएका थिए ।

उक्त अन्तर्वार्ता प्रशारण भए लगत्तै उनले आफूले ’जुनसुकै उपयुक्त कानुन लागु गर्ने निकायलाई सघाउन चाहेको’ बताएका थिए । अमेरिकी अभियोजनकर्ताले एप्स्टीनविरूद्ध लागेको अभियोगको अनुसन्धानमा राजकुमारले अनुसन्धानकर्ताहरूलाई ’सून्य सहयोग’ गरेको भनेर गत जनवरीमा आलोचना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ

  रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

शाही मानहानिको आरोपमा थाई लोकतन्त्र समर्थकलाई तीनवर्षको कारागार सजाय

थाइल्यान्डको एक अदालतले बुधबार शाही मानहानिको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई तीन

म्यान्मामा ३० लाख नागरिक विस्थापित

  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

चालक दलका सदस्य एकाएक विरामी भएपछि एयर इन्डियाका ७० उडान रद्द

बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दाबढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक