जासुसीको आरोपमा भारतद्वारा पाकिस्तानका दुई कूटनीतिज्ञलाई देश निकाला



पाकिस्तानका दुई कूटनीतिक अधिकारीले जासुसी गरेको आरोप लगाउँदै भारतले उनीहरूलाई देशबाट निष्कासित गर्ने घोषणा गरेको छ । विदेश मन्त्रालयले दिल्लीस्थित पाकिस्तानको उच्च आयुक्तको कार्यालयमा कार्यरत ती दुई अधिकारी जासुसीसम्बन्धी गतिविधिमा संलग्न भएको आरोप लगाएको हो । ती कूटनीतिक अधिकारीहरूले २४ घण्टाभित्र भारत छोड्नुपर्नेछ ।

पाकिस्तानले भने प्रतिक्रियामा भारतको त्यस्तो घोषणालाई कूटनीतिक अधिकारीहरूमाथिको यातना र अवरोध भन्दै आलोचना गरेको छ । दशकौँदेखि दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । खासगरी दुवै देशले आफ्नो भनी दाबी गर्ने कश्मीर क्षेत्रको विवादलाई लिएर उनीहरूबीच दशकौँदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत