विश्वमा कोरोना संक्रमणबाट ३ लाख ५१ हजारको मृत्यु, ५६ लाख संक्रमित



काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार नाघेको छ । त्यस्तै संक्रमितको संख्या ५६ लाख ७६ हजार नाघेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५ सय नाघेको छ भने संक्रमितको संख्या १७ लाख २५ हजार पुगेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय ४० जनाको ज्यान गएको छ । बेलायतमा ३७ हजार भन्दा बढीको मृत्यु भएको छ भने २ लाख ६५ हजार संक्रमित भएका छन् । इटलीमा मृत्यु हुनेको संख्या ३२ हजार ९ सय नाघेको छ भने २ लाख ३० हजार ५ सय संक्रमित भएका छन् । ब्राजिलमा ३ लाख ९१ हजार २ सय बढी संक्रमित हुँदा २४ हजार ५ सय बढीको मृत्यु भएको छ ।

रसियामा ३ हजार ८ सयको मृत्यु भएको छ भने ३ लाख ६२ हजार भन्दा बढी संक्रमित भएका छन् । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ भने ४ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ । विश्वमा २४ लाख २६ हजार संक्रमित निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा