कोरोनाभाइरसको प्रभावलाई लिएर ट्रम्प चिन्तित



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको सङ्क्रमण अमेरिकामाथि अहिलेसम्म भएका हरेक खाले आक्रमणभन्दा घातक भएको बताएका छन् । उनले यो महामारीले यस्तो स्वरूप लिनुमा चीनको भूमिका भएको आरोप पुनः लगाए । ह्वाइट हाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको प्रभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

उनले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्कस्थित ट्विन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोनाभाइरसको महामारी घातक देखिएको बताए ।

ट्रम्प प्रशासनले महामारी रोक्न समयमै आवश्यक कदम नउठाएको भन्दै चीनको आलोचना गरिरहेको छ । ट्रम्पका भनाइमा यदि चीनले तत्काल कदम चालेको भए यसले विश्वव्यापी महामारीको रूप लिने थिएन । उनले चीनको प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने यथेष्ट प्रमाणहरू रहेको पनि दोर्होयाए ।

तर अमेरिकाले अहिलेसम्म कुनै प्रमाण भने प्रस्तुत गरेको छैन । चीनले उक्त आरोप अस्वीका गर्दै आएको छ । उसले अमेरकामाथि भाइरसविरुद्ध प्रभावकारी कदम उठाउन नसकेको आरोप लगाउँदै मानिसहरूको ध्यान अन्तै मोड्न खोजिरहेको भनि प्रतिवाद गरेको छ । अमेरिकामा अहिलेसम्म ७३ हजार जनाको मृत्यु भएको छ भने १२ लाख जना सङ्क्रमित भएका छन् । अमेरिका विश्वमै सबैभन्दा प्रभावित देश हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुर्स्कमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको चेतावनी

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप

श्रीलङ्काद्वारा बाली नस्ट गरी किसानलाई सताउने वन्यजन्तुको गणना र नियन्त्रण प्रयास सुरू

श्रीलंका । श्रीलङ्काले बाँदर, मयूरलगायतका वन्यजन्तुको राष्ट्रव्यापी गणना शनिबारदेखि सुरू गरेको अधिकारीहरूले बताएका

युक्रेन र रुसबीच युद्धविरामका लागि अमेरिकी नेतृत्वको आह्वानलाई जी-७ को समर्थन

  क्यानाडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको घर्षणका बाबजुद जी७ विदेशमन्त्रीहरूको समूहले युक्रेन

अमेरिकालाई ‘विनाशकारी’ कोष कटौती फिर्ता लिन एचआइभी चिकित्सकहरूको आग्रह

पेरिस । सयौँ एचआइभी चिकित्सक र अनुसन्धानकर्ताहरूले एड्स विरुद्धको विश्वव्यापी लडाइँमा ‘विनाशकारी हानि’