कोरोना भाइरस निर्मूल पारेको न्यूजील्याण्डकी प्रधानमन्त्री आर्डनको घोषणा



न्यूजील्यान्डले कोरोनाभाइरसलाई निर्मूल पारेको घोषणा गरेको छ । केही दिनसम्म दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या एक अङ्कमा मात्रै बढेपछि प्रधानमन्त्री जसिन्डा आर्डनले भाइरस अहिले निर्मूल भएको बताएकी हुन् । तर अधिकारीहरूले यो घोषणाबाट उत्साहित नहुन चेतावनी दिँदै यसको अर्थ नयाँ कोरोनाभाइरस सङ्क्रमण अन्त्य भएको अर्थ ननिकाल्न भनेका छन् ।

न्यूजील्यान्डले कडा खाले सामाजिक प्रतिबन्धहरू हटाउनु केही घण्टा अगाडि यो घोषणा भएको हो । मङ्गलवारबाट स्वास्थ्य सेवा, शिक्षा र अन्य व्यवसायहरू सुचारू हुने गरी प्रतिबन्ध हटाइएको हो । धेरै मानिसहरू अझै पनि घरमै बस्नुपर्ने र सामाजिक जमघट गर्न नहुने नियमहरू भने कायम छ । पत्रकार सम्मेलनमा आर्डनले आफूहरुले अर्थतन्त्रलाई खोल्दै गरेको तर मानिसको सामाजिक जीवन नखोलेको बताइन् ।

न्यूजील्यान्डमा १५ सय जनाभन्दा कमलाई सङ्क्रमण छ भने १९ जनाको मात्रै मृत्यु भएको छ । न्यूजील्यान्डका स्वास्थ्य महानिर्देशक एस्ले ब्लूमफिल्डले हालैका दिनमा भएका कम सङ्क्रमणले ’निर्मूल पार्ने लक्ष्य प्राप्त गरेको विश्वास गर्ने’ आधार बनेको बताए । तर उनले यसको अर्थ नयाँ सङ्क्रमण नै नहुने लगाउन नहुने बताउँदै ’यसको अर्थ नयाँ सङ्क्रमण कहाँबाट आइरहेका भने थाहा हुने अवस्था बनाएको’ बताए ।

आर्डनले न्यूजील्यान्डमा परीक्षण नभएको ठूलो सङ्ख्याको समुदायमा सङ्क्रमण नभएको बताउँदै यो युद्ध जितेको बताइन् । तर उनले यही अवस्था राखिरहन देश सावधान अवस्थामा रहनुपर्ने बताइन् । न्यूजील्यान्डले केही दर्जन सङ्क्रमण मात्रै हुँदा कडा प्रतिबन्धहरू लागु गरेको थियो ।

महामारीको रूप लिनु अगाडि नै न्यूजील्यान्डले सीमा नाकाहरू बन्द गरेर वृहत् परीक्षण शुरू गरेको थियो ।  आर्डनले त्यति नगरेको भए आफ्नो देशमा दैनिक एक हजार नयाँ सङ्क्रमणको अवस्था आइपर्ने थियो भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको स्पेसएक्स मिशनः अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कदै

लस एन्जलस । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक

युद्धविराका लागि पुटिनले राखे कडा सर्त

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर

ट्रम्पद्वारा युरोपेली वाइन र अन्य मदिराजन्य उत्पादनमा भारी कर लगाउने चेतावनी

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली सङ्घ (इयू) बाट