भारतमा लकडाउन खुकुलो, पसल खोल्न अनुमति



भारत सरकारले कोरोनाभाइरस महामारीका फैलिन नदिने उद्देश्यले एक महिनाभन्दा बढी समय बन्द गरिएका स्थानीय किराना पसल पुनः सञ्चालन गर्न दिने भएको छ । त्यहाँको गृह मन्त्रालयले सामान्य अवस्थामा भन्दा आधा सङ्ख्यामा मानिसहरूले पसलमा काम गर्न पाउने जनाएको हो । काम गर्दा पसलमा बस्ने व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र मानिसहरूले एकअर्काबीच दूरी कायम राख्नुपर्ने बताएको छ । एक अर्ब ३० करोड भन्दा बढी जनसङ्ख्या भएको भारतमा ठूला व्यापारिक भवनहरू भने बन्द रहनेछन् ।

शुक्रवार अबेर जारी गरिएको त्यस्तो निर्देशनअनुसार लकडाउनका बेला ग्रामीण भेगमा बजार र आवासीय क्षेत्रमा सबै पसलहरू खुल्न पाउनेछन् । तर मदिरा पसल भने बन्द नै रहनेछन् । देशमा आर्थिक गतिविधिहरू क्रमिक रूपमा सञ्चालन गर्दै लैजाने उद्देश्यले दिल्लीले यस्तो निर्णय गरेको हो । यसबाट खासगरी ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई त्राण दिन खोजिएको ठानिएको छ ।

दशौँ लाख भारतीयहरू दैनिक उपभोग्य सामानका लागि किराना पसलमा निर्भर रहन्छन् । महमारीको उच्च जोखिम भएको आँकलन गरिएका अतिप्रभावित क्षेत्रमा व्यावसाय सञ्चालनमा लगाइएका प्रतिबन्धहरू अझै कायम रहनेछन् । भारतमा अहमदाबादद, सुरत, हैदराबाद र चेन्नई जस्ता क्षेत्रलाई ’ठूला र उदाउँदा हट स्पट क्षेत्र’ घोषणा गरिएको छ ।

केन्द्र सरकारले यी सहर भएका गुजरात, तेलङ्गाना र तमिलनाडु राज्यका चार जिल्लालाई निगरानीमा राखेको छ। त्यहाँ ५ हजार भन्दा बढी मानिसमा कोरोनाभाइरस भेटिएको छ । भारतको विपद् व्यवस्थापन कानुनका अनुसार अन्य राज्य सरकारहरूले उक्त निर्देशन लागु नगर्न पनि सक्नेछन् । भारतमा शनिवारसम्म २४ हजार पाँच सय भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका छ ।

त्यहाँ झन्डै ७ सय ८० ले ज्यान गुमाएका छन् । भारतीय मूलका नोबेल पुरस्कार विजेता अर्थशास्त्री अभिजित बेनर्जीले लकडाउन जारी रहँदा भारतले विपन्न नागरिकका लागि काम गर्नुपर्ने औँल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको स्पेसएक्स मिशनः अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कदै

लस एन्जलस । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक

युद्धविराका लागि पुटिनले राखे कडा सर्त

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर

ट्रम्पद्वारा युरोपेली वाइन र अन्य मदिराजन्य उत्पादनमा भारी कर लगाउने चेतावनी

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली सङ्घ (इयू) बाट