भारतमा सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो, ६८० भन्दा बढीको मृत्यु



भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङख्या २१ हजार ७ सय पुगेको छ। कोभिड-१९ का कारण ६ सय ८६ जनाले ज्यान गुमाएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ४३ सयभन्दा बढी मानिस सङ्क्रमणबाट निको भएका छन्। पछिल्लो २४ घण्टामा १४ सय वटा नयाँ सङ्क्रमणका घटना देखा परेका छन् र ३४ जनाको मृत्यु भएको छ।

भारतमा कोरोनाभाइरसको सङ्क्रमण बढी देखिएको राज्य महाराष्ट्र रहेको छ। त्यहाँ अढाइ सय भन्दा बढीको ज्यान गएको छ भने ५ हजार ६०० भन्दा बढी सङ्क्रमित भएका छन्।

गुजरातमा २४ सय भन्दा बढी सङ्क्रमित भएका छन् भने राजधानी दिल्लीमा २२ सय भन्दा बढीमा कोभिड-१९ देखा परेको छ।

नेपालसँग सिमाना जोडिएका भारतीय राज्यहरू मध्ये उत्तरप्रदेशमा १५ सय भन्दा बढीमा सङ्क्रमण देखिएको छ। त्यहाँ २१ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको स्पेसएक्स मिशनः अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कदै

लस एन्जलस । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक

युद्धविराका लागि पुटिनले राखे कडा सर्त

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर

ट्रम्पद्वारा युरोपेली वाइन र अन्य मदिराजन्य उत्पादनमा भारी कर लगाउने चेतावनी

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली सङ्घ (इयू) बाट