कोरोना भाइरसका कारण ब्रजिलका आदिवासी समुदाय नै सखाप हुन सक्ने



कोरोनाभाइरस सङ्क्रमणका कारण ब्रजिलको अमेजन क्षेत्र र अन्यत्र बसोबास गर्ने आदिवासी समुदाय नै अहिले सखाप हुनसक्ने अवस्थामा पुगेको स्वास्थ्यविद्हरूले बताएका छन्।

इन्फूएन्जा भाइरसको सङ्क्रमण हुँदा देखिने जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या ब्रजिलका आदिवासी समुदायको मृत्युको प्रमुख कारण रहँदै आएको छ।

ब्रजिलमा हजारौँ व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भइसकेको छ र कोभिड-१९ का सयौँको सङ्ख्यामा मानिसको मृत्यु भएको छ।

सुरुमा साओपाओलो जस्ता औद्योगिक प्रान्तमा सङ्क्रमण फैलिएको थियो। तर अहिले त्यो भाइरस फ्रान्स र स्पेनका भूभाग जोड्दा बन्ने क्षेत्रजत्रो आकारको विशाल अमेजन नदीवरपर अवस्थित क्षेत्र तथा पूरै देशमा फैलिसकेको छ।

साओपाओलोको फेडेरल विश्वविद्यालकी अनुसन्धानकर्ता डा. सोफिया मेन्डोन्सा भन्छिन्, “अब अहिले यो भाइरस त्यहाँका आदिवासी समुदायमा फैलिएर उनीहरू सबैलाई सखाप पारिदिन सक्ने अविश्वसनीय जोखिम देखा परेको छ।”

मेन्डोन्साले अमेजनको वर्षावन क्षेत्रको सिङ्गु नदीनजिकै बसोबास गर्ने आदिवासी मानिससँग सम्बन्धित विश्वविद्यालयको स्वास्थ्य परियोजनाको संयोजन गरिरहेकी छन्।

कोरोनाभाइरसले पनि ब्रजिलका आदिवासी समुदायमा श्वासप्रश्वाससँग सम्बन्धित दादुरा र अन्य सङ्क्रामक रोगले पारेका जस्तै प्रभाव पार्छ कि भन्ने उनको चिन्ता छ।

सन् १९६०को दशकमा भेनेजुएलाको सीमानजिकै बसोबास गर्ने यानोमानी समुदायमा दादुराको प्रकोप फैलिँदा सङ्क्रमितहरूमध्ये नौ प्रतिशत मानिसको ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली हमलामा गाजामा ९ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली आक्रमणमा पत्रकारहरूसहित नौ जनाको

प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी

किएभ । रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू आदान–प्रदान गरेका छन्।

युक्रेनमा युद्धविरामका लागि पुटिनमाथि ‘दबाब कायम राख्न’ विश्व नेताहरूलाई स्टार्मरको आग्रह

लन्डन । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई ‘शान्तिको पक्ष’ भनेर प्रशंसा गर्दै मित्रराष्ट्रहरूलाई

सन् २०२६ को अन्त्यमा स्टारशिप मङ्गल ग्रह प्रस्थान गर्ने

वासिङटन । सन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल स्टारशिप