अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना सङ्क्रमण रोकथामसम्बन्धी नीतिको बचाउ



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारीलाई लिएर आफ्नो प्रशासनले चालेका कदमहरूको आक्रोशपूर्ण ढङ्गले बचाउ गरेका छन्।

ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा असंयमित रूपमा प्रस्तुत भएका ट्रम्पले भेन्टिलेटर चाहिएकाहरूलाई दिइएकै बताए।

पत्रकारहरूसँग तर्कवितर्क गर्दै चुनावी अभियानमा जस्तो उनी उपस्थित भए। पत्रकार सम्मेलनमा उपस्थित संवाददाताहरूले कोरोनाभाइरसलाई लिएर दिइएको चेतावनीलाई बेवास्ता गरेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरे।

गभर्नरहरूले लकडाउन कहिले हटाउने भन्ने अधिकार प्रशासनसँग रहेको ट्रम्पले उल्लेख गरे। तर कानुनविद्‌हरूले त्यो अधिकार खासमा राज्यहरूसँग रहेको तर्क गरेका छन्।

अमेरिकी राज्यहरूले राष्ट्रपतिको अनुमोदनविना केही पनि गर्न नसक्ने ट्रम्पको भनाइ छ। हाल संयुक्त राज्य अमेरिकामा पाँच लाख ७७ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमणका घटना देखिएका छन् भने २३ हजार व्यक्तिको ज्यान गएको छ।

यी दुवै सङ्ख्या अन्य देशको तुलनामा सबैभन्दा बढी हो।

अमेरिकाले गरेका गल्तीहरूको कुरा गर्नुपर्दा सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले राज्यका प्रयोगशालाहरूलाई त्रुटिपूर्ण परीक्षणहरू गर्न लगायो जसका कारण कोरोनाभाइरस नियन्त्रणमा ढिलाइ हुन पुग्यो।

देशभरिका चिकित्सक तथा अस्पतालहरूले चिकित्सकीय सामग्रीको अभाव रहेको औँल्याएका थिए। राष्ट्रपति ट्रम्पले आफ्ना उच्च स्वास्थ्य अधिकारीहरूलाई फरकफरक सुझावहरू दिइरहे।

कोरोनाभाइरसलाई लिएर अमेरिकाले गरेका राम्रा कामहरू भन्नुपर्दा २० खर्ब डलर बराबरको राहत कार्यक्रम ल्यायो।

अमेरिकास्थित औषधि उत्पादक लगायत कम्पनीहरू कोरोनाभाइरसको उपचार र त्यसका लागि खोपको विकाससम्बन्धी अनुसन्धानमा अगाडि देखिएका छन्।

अमेरिकी सङ्घीय प्रणालीको फाइदा उठाउँदै अधिकांश राज्यका नेताहरूले कोरोनाभाइरस नियन्त्रणको दिशामा निर्णायक कदमहरू चालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग

पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई १.५ डिग्री भन्दा बढ्नबाट रोक्नका राष्ट्रसंघले थाल्यो विश्वव्यापी प्रयास

संयुक्त राष्ट्रसङ्घले क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ ।

इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू