हप्तौंपछि चीनमा देखिए १०८ जना कोरोनाका नयाँ संक्रमित



चीनले कोरोनाभाइरसबाट १ सय ८ जना नयाँ सङ्क्रमित पाइएको जनाएको छ जुन पाँच साताभन्दा लामो समयपछिको उच्च सङ्ख्या हो।

ती मध्ये धेरैजसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ। आधाभन्दा बढी मानिसहरू रुससँग सीमा जोडिएको उत्तरी प्रान्त खेलुङजियाङका रहेका छन्।

भाइरस सुरुमा देखापरेको हुबे प्रान्तमा नयाँ सङ्क्रमितको सङ्ख्या एकदमै कम रहेको छ तर त्यहाँ थप दुईजनाको मृत्यु भएको छ। अहिलेसम्म विश्वभर १८ लाख मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

चीनभर अहिलेसम्म ८३,१३५ जना सङ्क्रमित छन् भने सबैभन्दा बढी मानिस सङ्क्रमित रहेको अमेरिकामा त्यो सङ्ख्या पाँच लाख ५७ हजार नाघिसकेको छ।

न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले न्यूयोर्कमा मृत्यु हुनेको सङ्ख्या धेरै भए पनि अस्पतालमा भर्ना हुन आउने मानिसको दर घटेको बताए। अमेरिकामा कोरोनाभाइरसका कारण २२ हजार मानिसको मृत्यु भइसकेको छ।

उता कोरोनाभाइरसका कारण धेरै सङ्क्रमित रहेका युरोपेली मुलुकहरूमा दैनिक मृत्यु हुनेमा सुधार देखिएपछि ती देशमा लकडाउनलाई केही खुकुलो पार्न थालिएको छ।

इटलीमा तीन हप्ता यता सबैभन्दा कम अर्थात्‌ ४३० जनाको मृत्यु भएको छ। यो सङ्ख्या दुई हप्ताअघिको भन्दा आधाले कम हो। त्यतिबेला कोरोनाभाइरस महामारी उच्च विन्दुमा थियो।

फ्रान्समा मृत्यु हुनेहरूको सङ्ख्या थोरैले कम देखिएको छ। सङ्क्रमण दर मत्थर देखिन थालेपछि रोम र मड्रिडका सरकारहरू अर्थतन्त्र व्यूँताउन उत्सुक देखिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही