न्यूजिल्याण्डको एक सुपरमार्केटमा अरू मानिससामु खोकेपछि अदालतको कठघरामा



न्यूजील्यान्डको क्राइस्टचर्च शहरस्थित एक सुपरमार्केटमा एकजना पुरुषले जानाजान अरू मानिस सामु खोकेको र त्यसको भिडियो खिचेको पाइएपछि उनीविरुद्ध ’अपमानजनक कार्य’ गरेको अभियोग लगाइएको छ । ३८ वर्षीय रेमन्ड कुम्ब्सले आफू मदिराको नशामा रहेको र ठट्टाको रूपमा त्यसो गरेको बताएका छन् ।

पछि ती पुरुषले आफ्नो कार्यबारे दुःख व्यक्त गरेका छन् । त्यसरी अरूको अगाडि गएर खोक्नु अनि त्यसको भिडियो बनाउने कार्य ’मूर्खतापूर्ण र असम्वेदनशील’ भएको भन्दै त्यसप्रति उनले दुःख व्यक्त गरेका छन् । सो भिडियो फेसबुकमा राखिएपछि भाइरल भएको थियो र त्यसले व्यापक आक्रोश उब्जाएको थियो । ती व्यक्तिविरुद्ध सुरुमा जनस्वास्थ्यसम्बन्धी आदेश उल्लंघन गरेको भन्दै फौजदारी अभियोग पनि लगाइएको थियो तर पछि त्यो अभियोग भने फिर्ता लिइयो ।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले ती व्यक्तिलाई ’बेवकुफ’को संज्ञा दिइन् । कोरोनाभाइरसको सङ्क्रमण मानिसहरूले खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने स साना पानीमिश्रित कणमार्फत् एकअर्कामा फैलने वैज्ञानिकहरूले चेतावनी दिँदै आएका छन् । त्यसै कारण सकेसम्म मुख छोप्नु पर्ने वा कम्तीमा एक मिटरको सामाजिक दूरी कायम गर्नु पर्ने बताइएको छ । यस्तो परिस्थितिमा अरूको अगाडि गएर जथाभावी र जानाजान खोक्नु वा हाच्छ्युँ गर्नुलाई धेरैले ठीक ठान्दैनन् ।

संसारभरि नै पछिल्ला साताहरूमा मानिसहरूको सार्वजनिक व्यवहार सम्वेदनशील भनिएको बेला न्यूजील्यान्डको घटना प्रकाशमा आएको छ । यसबीच विश्वभरिको कोभिड १९ को आँकडा राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार न्यूजील्यान्डमा हालसम्म एक हजार एक सय मानिसमा कोरोनाभाइरस सङ्क्रमण पाइएको छ । त्यहाँ कोभिड १९ का कारण एकजनाको ज्यान गइसकेको छ । नजिकैको अस्ट्रेलियामा भने कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या साढे पाँच हजार पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत