कोरोना संक्रमणबाट स्पेनमा एकैदिन ९ सय ३२ जनाको मृत्यु



कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुनेहरूको सङ्ख्यामा स्पेनले इटलीलाई उछिनेको छ। स्पेनमा सङ्क्रमितहरूको सङ्ख्या १ लाख ८८ हजार पुगेको विवरण सार्वजनिक भएको छ।

कोरोनाभाइरसको सबैभन्दा नराम्रो प्रभाव बेहोर्ने युरोपेली मुलुकहरूको सूचीमा स्पेन अहिले दोस्रो स्थानमा छ। अधिकारीहरूका अनुसार स्पेनमा पछिल्लो २४ घण्टामा ९३२ जनाले ज्यान गुमाएका छन्।

कोरोनाभाइरसको सङ्क्रमणका कारण त्यहाँ मृत्यु हुनेहरूको कुल सङ्ख्या १०,९०५ पुगेको छ। सबैभन्दा बढी प्रभाव मड्रिडमा देखिएको छ जहाँ हालसम्म ४,४८३ जनाले ज्यान गुमाएका छन्।

मड्रिड क्षेत्रका अध्यक्षका अनुसार गत मार्च महिनामा त्यहाँका स्याहार केन्द्रहरूमा करिब ३ हजारले ज्यान गुमाएका थिए र अहिलेको आँकडा सामान्य अवस्थाभन्दा करिब दुई हजार बढी हो।

सङ्क्रमणका कारण स्याहार केन्द्रहरूमा हाल कर्मचारी अभाव देखिएको छ। गत महिना अवकाशप्राप्त मानिसहरू बस्ने निवासमा बसेकाहरूलाई सहयोग गर्न सेना बोलाउनुपरेको थियो।

उनीहरूले त्यहाँ वृद्ध बिरामीहरूलाई अलपत्र अवस्थामा भेटाएका थिए। कतिपयको ओछ्यानमै मृत्यु भइसकेको थियो।

कोभिड-१९ रोग तीन महिनाअघि मध्य चीनबाट फैलन सुरु भएको थियो। मृत्यु हुनेको सङ्ख्याका आधारमा इटलीपछि दोस्रो स्थानमा रहेको स्पेनमा झण्डै नौ लाख मानिसले आफ्नो जागिर समेत गुमाएका छन्।

अमेरिकामा बिहीवार बताइएअनुसार त्यहाँको इतिहासमै अहिलेसम्मको उच्च ६६ लाख मानिसले बेरोजगारी सुविधाका लागि निवेदन दिएका छन्।

रुसमा यसअघिको म्याद थप्दै राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई एप्रिल अन्त्यसम्म कामबाट टाढा रहन भनेका छन्।

ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट ह्यानककले एप्रिल अन्त्यसम्म दैनिक एक लाखको जाँच गर्ने लक्ष्य राखिएको जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकालाई क्यानाडाको ऊर्जाको आवश्यकता छैनः ट्रम्प

  वासिङटन । ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यमा विद्युत् अतिरिक्त भन्सार लगाएपछि अमेरिकी

गाजामा इजरायली आक्रमणमा चार जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत एक दिनमा इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको

अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि युक्रेन सहमत

बीबीसी । युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति

अमेरिका–युक्रेन वार्ता सकारात्मक दिशामा

साउदी अरेयिबा । मङ्गलबार साउदी अरेबियामा अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्ता ‘ठीकै’ भइरहेको