कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न एसियाली देशलाई डब्लूएचओको आग्रह



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ अधिकारीले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआइसकेको चेतावनी दिएका छन्।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक ताकेशी कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन्।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिएका छन्।

चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका  छन्। चीनमा निकै कडा प्रतिबन्धहरू पछि भाइरस नियन्त्रणमा आएको  छ। तर ताइवानमा कडा प्रतिबन्ध नलगाईकनै भाइरस नियन्त्रणमा रहेको बताइन्छ।

जापानमा पनि कडा प्रतिबन्ध नलगाएका कारण भाइरस फैलिन सक्ने चिन्ता बढेको थियो। यसैबीच विश्व ब्याङ्कले पूर्वी एशियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ।

विश्व ब्याङ्कको नयाँ पूर्वानुमानअनुसार भाइरसका कारण पूर्वी एशिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा ६ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न