भारतको माइल्याब डिस्कभरी मेडिकलले बनायो कोरोना परीक्ष कीट



कोरोनाभाइरसविरुद्धको लडाईँमा निकै कम मानिसहरूको स्वास्थ्य परीक्षण गरेको विषयलाई लिएर आलोचना बेहोर्दै आएको भारतमा एक महिलाले परीक्षण किट बनाएकी छन् । एकजना गर्भवती महिला भाइरसविद्ले बच्चा जन्माउनु केही घन्टाअघि परीक्षण कीट निर्माण गरेकाले अब स्थितिमा परिवर्तन हुने देखिएको छ ।

भारतमा पहिलोपटक बनेको कीट बजारमा बिहीवारदेखि पुगेको छ । त्यसले मानिसहरूमा कोभिड १९ भए नभएको पुष्टि गर्ने परीक्षणको दर बढाउन सकिने आशा जगाएको छ । पश्चिमी सहर पुणेस्थित माइल्याब डिस्कभरी परीक्षण कीट बनाउने र बेच्ने अनुमति पाउने भारतको पहिलो कम्पनी भएको छ । उसले पुणे, मुम्बई, दिल्ली, गोवा र बङ्गुलुरूस्थित प्रयोगशालाहरूमा १५० वटा पहिलो परीक्षण कीटको पहिलो उत्पादन पठाएको छ ।

माइल्याब डिस्कभरीका मेडिकल मामिला निर्देशक डा गौतम वानखेडेले आफूहरुको उत्पादन समूहले हप्ताभरि नै काम गरिरहेको बताए । एचआईभी र हेपाटाइटिस बी र सीका निम्ति परीक्षण कीट बनाउने गरेको मोलिक्युलर डाइगनोस्टिक कम्पनीले पनि कोभिड १९ को परीक्षण कीट एक सातामा एक लाखसम्म आपूर्ति गर्न सक्ने जनाएको छ ।

आवश्यकता परेमा दुई लाखसम्म निर्माण गर्न सक्ने उसको भनाइ छ । माइल्याबले बनाएका प्रत्येक कीटले एक सयवटा नमुना परीक्षण गर्न सक्छन् र त्यसको मूल्य १२ सय भारतीय रूपैयाँ पर्छ । भारतले बाहिरबाट ल्याउने कीटको मूल्य ४५ सयको तुलनामा त्यो करिब एक चौथाइ हुन आउँछ ।

माइल्याबकी अनुसन्धान र विकास प्रमुख रहेकी भाइरसविद् मिनल दखावे भोसले आयात गरिने कीटले सात आठ घन्टामा परीक्षणको परिणाम दिनेमा यो कीटले अढाई घन्टामै परीक्षणको परिणाम दिने बताइन् । भोसलेले पाथो डिटेक्ट नाम दिइएको परीक्षण कीट तयार गरेको समूहको नेतृत्व गरेकी थिइन्।

उनले कीर्तिमानी ढङ्गले छ हप्तामै कीट बनाएको बताइन् । उनको आफ्नै समयसीमाका कारण वैज्ञानिकहरूले सङ्घर्ष गरिरहेका थिए । किनकि उनले गत साता मात्रै छोरी जन्माइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ