कोरोनाबाट कुन देशमा कतिको मृत्यु ?(सूचीसहित)



कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ७५६ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ७७९ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

सोमबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ ।

यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ । सो ठाउँमा इटालीमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रही आएको देखिएको छ । इटालीमा सङ्क्रमण हुनेहरु ९७ हजार ६८९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ ।

यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाख ४२ हजार १७८ नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या ६ हजार ८०३ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ८० हजार ११० पुगेका छन् । यहाँ १४ हजार ७०९ नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ ।

संयुक्त राज्य अमेरिकामा २ हजार ४८४ जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौँ नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभर ७ लाख २३ हजार ३१९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसबाट ३३ हजार ९९३ नागरिकको ज्यान गएको छ ।

सोमबार बिहानसम्म प्राप्त समाचारमा सङ्क्रमित व्यक्तिहरूमध्ये १ लाख ५१ हजार ७६६ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३०४ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ४७० जना सङ्क्रमित रहेका छन् । यसैबीच ७५ हजार ७०० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा यस सङ्क्रमणका कारण २ हजार ६४० जनाको मृत्यु भएको छ । हाल ३८ हजार ३०९ जना सङ्क्रमित रहेका छन् । बाह्र हजार ३९१ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ५४१ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ६२ हजार ४३५ जना सङक्रमित रहेका छन् । यहाँका नौ हजार २११ उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ ।

उता फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण दुई हजार ६०६ जनाको मृत्यु भएको छ । सोमबार प्राप्त समाचारअनुसार यहाँ ४० हजार १७४ सङ्क्रमित रहेका छन् । यहाँका ७ हजार २० नागरिक उपचारपछि घर फर्किएका छन् ।

संयुक्त अधिराज्यमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार २२८ व्यक्तिको मृत्यु भएको छ । यहाँका १९ हजार ६५८ सङ्क्रमित भएका छन् । यहाँका करिब ५०० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३०० व्यक्तिको मृत्यु भएको छ । चौध हजार ८२९ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ५९५ जना भने उपचारपछि घर फर्किएका छन् ।

नेडरल्याण्डमा यस सङ्क्रमणबाट ७७१ व्यक्तिको मृत्यु भएको छ । दश हजार ८६६ सङ्क्रमित भएका छन् । यसैबीच २५० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

बेल्जियममा सङ्क्रमणको कारण ४३१ व्यक्तिको मृत्यु भएको छ । दश हजार ८३६ सङ्क्रमित भएका छन् । यसैबीच एक हजार ३५९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १५८ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ६६१ सङ्क्रमित भएका छन् । पाँच हजार २२८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैगरी यस कोरोना भाइरस सङ्क्रमणबाट टर्कीमा १३१ मृत्यु भएको छ । नौ हजार २१७ सङ्क्रमित भएका छन् ।
अष्ट्रियामा ८६ मृत्यु हुनुको साथै आठ हजार ७८८ सङ्क्रमित भएका छन् ।

ब्राजिलमा यस सङ्क्रमणबाट १३६ मृत्यु हुनुको साथै चार हजार २५६ सङ्क्रमित भएका छन् । स्वेडेनमा कोरोना भाइरस सङ्क्रमणबाट ११० मृत्यु हुनुको साथै तीन हजार ७०० सङ्क्रमित भएका छन । पोर्चुगलमा सङ्क्रमणबाट ११९ मृत्यु भएको छ । पाँच हजार ९६२ सङ्क्रमित भएका छन ।

क्यानाडामा सङ्क्रमणबाट ६५ को मृत्यु हुनुको साथै छ हजार ३२० सङ्क्रमित भएका छन । सङ्क्रमणबाट डेनमार्कमा ७२ जनाको मृत्यु हुनुको साथै २ हजार ३९५ सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट जापानमा ५४ मृत्यु भएको छ । एक हजार ८६६ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट भारतमा २९ को मृत्यु भएको छ । एक हजार २४ सङ्क्रमित भएका छन । कोरोना भाइरस सङ्क्रमणबाट पाकिस्तानमा १४ मृत्यु भएको छ । एक हजार ५९७ सङ्क्रमित भएका छन ।

त्यसैगरी यस महामारीबाट नर्वेमा २६, अष्ट्रेलियामा १७, इजरायलमा १५, मलेसियामा ३५, आयरल्याण्डमा ४६, चिलीमा ७, पोल्याण्डमा २२, रोमानियामा ४३, थाइल्याण्डमा ७, सिङ्गापुरमा ३, रुसमा ८, पेरुमा १८ लगायतको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका