भारतमा एकजनाका कारण ४० हजार मानिस क्वारन्टीनमा



भारतका अधिकारीहरूले कोभिड-१९ का कारण एकजना व्यक्तिसँगको सम्पर्कलाई लिएर उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारन्टीनमा राखेका छन्।

त्यहाँ ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको सङ्क्रमणका कारण भएको थियो, तर उनको मृत्युपछि मात्र कारण खुलेको हो।

अधिकारीहरूले बीबीसी पञ्जाबीका अरबिन्द छाबडालाई बताए अनुसार इटली र जर्मनीबाट फर्किएका सिख समुदायका एक स्थानीय धर्मगुरूले आफ्नै घरमा क्वारन्टीनमा रहन दिइएको सल्लाह मानेका थिएनन्।

भारतमा सङ्क्रमितको सङ्ख्या एक हजार नाघिसकेको छ। पञ्जाबमा मात्र ३० जना सङ्क्रमित भएको पुष्टि भएको छ। तर विज्ञहरू सङ्क्रमितको सङ्ख्या त्योभन्दा निकै बढी हुनसक्ने त्रासमा देखिन्छन्।

भारत विश्वमै निकै कम परीक्षण दरभएको देशमा पर्छ तर त्यसलाई तीब्रता दिने प्रयास जारी छ। एक अर्ब ३० करोड जनसङ्ख्या भएको भारतमा महामारी भएमा त्यसले विपत्ति निम्त्याउने डर देखिन्छ।

बलदेव सिंह नाम पहिचान भएका ती व्यक्ति ज्यान गुमाउनु केहीअघि मात्र ठूलो भिड जम्मा हुने सिख समुदायको पर्व होला मोहल्लामा सहभागी भएका थिए।

छ दिनसम्म चल्ने उक्त उत्सवमा दैनिक १० हजार जति मानिस सहभागी हुने गर्छन्। उनको मृत्यु भएको एक सातापछि उनका १९ जना नातेदारमा सङ्क्रमण पुष्टि भएको थियो।

छिमेकी जिल्लाका अन्य पाँचवटा गाउँ पनि सील गरिएका छन्। भारतमा सङ्क्रमितका कारण ठूलो समूहलाई क्वारन्टीनमा रहनु परेको पहिलो पटक होइन।

अर्को प्रदेश राजस्थानस्थित टेक्सटाइल सहर भिलवारामा एकजना बिरामीबाट सङ्क्रमित डाक्टरहरूको एउटा समूहले सयौँ मानिसहरूमा सार्न सक्ने चिन्ता देखिएको छ।

उक्त सहरको छिमेकी गाउँहरूमा सात हजार मानिसहरू घरभित्रै क्वारन्टीनमा छन्। भारतमा २१ दिनको निम्ति लकडाउन घोषणा गरिएको छ। तर मानिसहरू खानेकुरा र औषधी जस्ता अत्यावश्यक सामग्री किन्न बाहिर जान पाउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही