ट्रम्पद्वारा चिनिया राष्ट्रपति सीको प्रशंसा



चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई शुक्रवार भएको टेलिफोनवार्तामा कोरोनाभाइरस महामारीसँग जुझ्न एकजुट हुनैपर्ने बताएका छन्।

ट्रम्पले ‘चिनियाँ भाइरस’ भनेपछि पछिल्ला साताहरूमा यी दुई देशबीच बारम्बार चर्काचर्की परेको थियो। तर फोनवार्तामा राष्ट्रपति सीले चीन अमेरिकासँग मिलेर काम गर्न चाहेको बताए।

उनले बेइजिङका कदमहरू खुला र पारदर्शी भएको समेत बताए। फोनवार्ता पछिको एउटा ट्वीटमा राष्ट्रपति ट्रम्पले ‘निकै सम्मान’ लेख्दै यस रोगबारे चीनसँग बलियो बुझाइ रहेको उल्लेख गरे।

बेइजिङले कोरोनाभाइरसको महामारीसँग जुझिरहेका देशहरूलाई सघाउने विषयमा नेतृत्वदायी भूमिका खेलिरहेको छ। उसले अहिलेसम्म झण्डै एक सय देशमा चिकित्सक र स्वास्थ्य सामग्री पठाइसकेको छ।

उता विश्व नेताहरूले भाइरसको प्रभावसँग जुझ्ने कदमहरू घोषणा गरिरहँदा एशियाका शेअर बजारमा आशाका सङ्केतहरू देखिएका छन्।

यसैबीच विश्वका मुख्य अर्थतन्त्र भएका देशहरूको समूह जी ट्वान्टीले समेत बिहीवार नै विश्व अर्थतन्त्रमा ५० खर्ब डलर प्रवाह गर्ने वाचा गरेको थियो। युरोपेली सङ्घ (ईयू) र १९ देशका नेताहरूले एउटा भर्चुअल सम्मेलन गर्दै त्यस्तो वाचा गरेका थिए।

साउदी अरबले अध्यक्षता गरेको उक्त सम्मेलनअघि संयुक्त राष्ट्रसङ्घले दशौँ लाख शरणार्थी र घरबारविहीन बनेका मानिसहरूमाथि विश्वले ध्यान दिनुपर्ने बताएको थियो।

विश्वमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण अमेरिकामा पुष्टि भएपछि राष्ट्रपति ट्रम्पले त्यो आफ्नो देशमा बृहत् रूपमा गरिएका जाँच कारण भएको बताएका छन्।

अमेरिकामा अहिले ८५ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन्। सङ्क्रमणका हिसाबमा अमेरिकाभन्दा मुनि चीन, इटली रहे पनि मृत्यु हुनेको सङ्ख्या भने ती देशमा अमेरिकामा भन्दा धेरै छ।

ह्वाइट हाउसमा बोल्दै ट्रम्पले चीनको तथ्याङ्कप्रति भने पुन: संशय व्यक्त गरे र अमेरिका ‘निकै छिटो’ काममा फर्कने बताए। यसबीच विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ। संसारका १८० भन्दा बढी देशमा यो रोग फैलिसकेको छ। करिब २३ हजार मानिसको ज्यान गइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनका लागि युद्धविराम ‘राहत’ मात्र हुने पुटिनका सहयोगीको भनाइ

मस्को । क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण

पेरिस । यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय

युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प

वासिङ्टन । किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि

पाकिस्तानमा रेल बन्धकबाट कम्तीमा २५ जनाको शव बरामद

पाकिस्तान । अधिकारीहरूले बिहीबार पहिलो अन्त्येष्टिअघि पाकिस्तानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा रेल घेराबन्दीमा मारिएका २१