अमेरिकामा ३३ लाख मानिसद्वारा बेरोजगारी सुविधा माग



अमेरिकामा झण्डै ३३ लाख मानिसले बेरोजगारहरूले पाउने सुविधाका लागि गत साता आवेदन दिएका छन्। यो सङ्ख्या अमेरिकामा अभिलेख राख्न थालिएयताकै सबैभन्दा उच्च हो।

कोरोनाभाइरसले अमेरिकी अर्थतन्त्रलाई पारेको मार जान्ने यो सबैभन्दा पछिल्लो सूचक हो। अमेरिकामा राष्ट्रपतीय चुनाव हुने वर्ष देखिएको यो सङ्ख्या अर्थशास्त्रीहरूले प्रक्षेपण गरेभन्दा निकै धेरै हो।

र, यो सङ्ख्या यसअघिको उच्चतम विवरणभन्दा चार गुणाभन्दा बढी हो।अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले भने यस्तो उच्च तथ्याङ्कलाई “असान्दर्भिक” भन्दै ती पुन: काममा फर्कने श्रमिकहरू भएको बताए।

अर्थमन्त्री मनुसिनले बेरोगार भएकाहरूले भने केही साताभित्रै दुई खर्ब डलरको आर्थिक प्याकेजबाट राहत पाउने बताए।

तीन साताअघि भने बेरोगारीको तथ्याङ्क दुई लाख थियो। यसअघि सन् १९८२ मा सबैभन्दा उच्च झण्डै सात लाख मानिसले आफूलाई बेरोगार दाबी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ