एप्पलका स्टोरहरु चीनबाहेक अन्य मुलुकमा बन्द



कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजारको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्म बन्द गरेको छ ।

एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीन बाहेक एप्पलका स्टोरहरु मार्च २७ सम्म बन्द गरिएको र कोरोनाको सङ्क्रमण रोकथाममा सघाउन एक करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरिएको बताएका छन् ।

कम्पनीले चीन बाहेकका अन्य मुलुकमा रहेका आफ्ना कार्यालयका कर्मचारीलाई खुकुलो कार्यस्थलको व्यवस्था गरिएको जनाएको छ । कूकले अनलाइन स्टोर भने खुलै रहने बताए ।

कम्पनीले घरबाटै काम गर्न सक्ने भएमा त्यसै बमोजिमको व्यवस्था गर्ने तथा कार्यालयमै आएर काम गर्नु पर्ने कर्मचारीका लागि निर्दे्शिका बमोजिम आवश्यक सजकता अपनाइने बताएको छ । सिन्ह्वाका अनुसार चीनमा कोरोना सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएका कारण एप्पलका सबै स्टोर खुला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली हवाई आक्रमणमा १० जना प्यालेस्टिनीको मृत्यु

इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको

चीनको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजना जन–केन्द्रित दर्शनमा आधारित

चीनका राष्ट्रपति सी चिनफिङले चीनको विशाल पानी डाइभर्सन परियोजनाको निरीक्षण पश्चात शुक्रबार बेइजिङमा

विश्वमा १४ करोड भन्दा बढी कोरोना संक्रमणमुक्त

विश्वमा १४ करोड भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो

चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण

चीनको जुरोङ रोभर मंगल ग्रहमा अवतरण गरेको छ । यससँगै चीन मंगलग्रहमा सफलतापूर्वक