सिरियाली युद्धको नौ वर्षमा तीन लाख ८४ हजार नागरिकको मृत्यु



सिरियामा जारी युद्ध नवौँ वर्षमा प्रबेश गरेको छ । सन् २०११ को मार्चमा सुरू भएको उक्त गृहयुद्धका कारण एक लाख १६ हजार सर्वसाधारणले ज्यान गुमाएका सिरियाली मानव अधिकार युद्ध अनुगमनकारी संस्था, सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले शनिबार जानकारी गराएको छ ।

युद्धका कारण सिरियामा कूल तीन लाख ८४ हजार सिरियालीको मृत्यु भएको उक्त संस्थाले जनाएको छ । यहाँको आधाभन्दा बढी जनसङ्ख्या युद्धका कारण आन्तरिक वा बाह्यरूपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०११ मा अरब वसन्त नाम दिइएको शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलन समय क्रमसँगै सरकारविरूद्धको कडा सङ्घर्षले राष्ट्रपति वसर अल असदलाई वर्खास्त गर्नुपर्ने आवाज यहाँका विद्रोही समूहले बुलन्द पारेपनि राष्ट्रपतिले सरकारबाट हट्ने मागलाई सम्वोधन गर्न नमानेका कारण द्वन्द्वको मारमा सर्वसाधारणले झण्डै एक दशक विताएका छन् ।

यो विचमा असद पक्षधर सेना, इस्लामिक समूह, अल कायदा निकट समूहहरू र रूस, इरान, टर्की, अमेरिकालगायतका मुलुकसमेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिरियाली द्वन्द्वमा सामेल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको स्पेसएक्स मिशनः अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कदै

लस एन्जलस । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक

युद्धविराका लागि पुटिनले राखे कडा सर्त

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर

ट्रम्पद्वारा युरोपेली वाइन र अन्य मदिराजन्य उत्पादनमा भारी कर लगाउने चेतावनी

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली सङ्घ (इयू) बाट