विश्वमा करिब १ लाख ३५ हजारमा कोरोना भाइरसको सङ्क्रमण



विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार ९८४ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस सक्रमणबाट चीनमा सब भन्दा बढी मृतक र सङ्क्रमितको सङ्ख्या रहेको छ । यद्यपी चीनमा हाल यस भाइरसको सङ्क्रमण कम भएको जनाइएको छ । गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार १२७ मृत्यु भएको छ भने ८१ हजारमा सङ्क्रमण भएको छ ।

रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । हालसमम १२० भन्दा बढी देशमा यस भाइरसको सङ्क्रमण फैलिएको बताइएको छ । अमेरिकामा यस भाइरसको सङ्क्रमणबाट ४१ को मृत्यु भएको छ । फ्रान्समा ६१ को मृत्यु भएको छ । जापानमा १९ को मृत्यु भएको छ । पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इटालीमा सङ्क्रमितको सङ्ख्या १५ हजार ११३ पुगेको छ । इटालीमा हालसम्म १ हजार १६ जनाको मृत्यु भएको छ ।

इरानमा सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको छ । हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या झण्डै तीन हजार पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ । पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ ।

पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् । पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो ।

त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो ।

भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ । सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ नौै व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट विरामी हुनेको सङ्ख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनका लागि युद्धविराम ‘राहत’ मात्र हुने पुटिनका सहयोगीको भनाइ

मस्को । क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण

पेरिस । यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय

युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प

वासिङ्टन । किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि

पाकिस्तानमा रेल बन्धकबाट कम्तीमा २५ जनाको शव बरामद

पाकिस्तान । अधिकारीहरूले बिहीबार पहिलो अन्त्येष्टिअघि पाकिस्तानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा रेल घेराबन्दीमा मारिएका २१