इरानविरुद्ध सैनिक कारबाही रोक्न अमेरिकी संसदको प्रस्ताव



अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले इरानविरुद्ध सैनिक प्रयोग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती गर्ने एक प्रस्तावलाई पारित गरेको छ । उक्त प्रस्तावलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गर्न सक्ने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन् ।

संसदमा भएको मतदानमा राष्ट्रपतिको अधिकार कटौती सम्बन्धी प्रस्तावको पक्षमा २२७ र विपक्षमा १८६ मत परेको थियो । डेमोक्रेटिक पार्टीको बहुमत रहेको तल्लो सदनमा सांसदहरुले पार्टी लाइन अनुसार नै मतदान गरेका थिए । तल्लो सदनले पारित गरेको उक्त प्रस्तावमा कङ्ग्रेस (संसद) को स्वीकृति बेगर इरान विरुद्ध अमेरिकी फौज परिचालन गर्न नपाइने उल्लेख छ ।

यस्तै प्रस्ताव रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटले गत महिना पारित गरेको थियो । जानकारहरुका अनुसार राष्ट्रपतिले संसदबाट पारित प्रस्ताव विरुद्ध विशेषाधिकार (भिटो) प्रयोग गर्न सक्ने र राष्ट्रपतिको विशेषाधिकारलाई नकार्न संसदमा डेमोक्रेटिक पार्टीको पर्याप्त मत छैन ।

इरानी सैनिक कमान्डर कासिम सुलेमानी इराकको बग्दादमा अमेरिकी कारबाहीमा मारिएपछि इरान र अमेरिकाबीचको तनाब शिखरमा पुगेको छ । उक्त घटना भएको दुई महिनापछि नै अमेरिकी संसदमा इरान विरुद्ध सैनिक कारबाही गर्नुअघि संसदको अनुमोदन लिनुपर्ने गरी प्रस्ताव पारित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही