पाकिस्तानमा भारी वर्षा, कम्तीमा १७ जनाको मृत्यु



पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण विगत २४ घण्टामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला तथा बालबालिका रहेका उद्धारमा संलग्न अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । देशको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मुसलधारे वर्षाको सबैभन्दा नराम्रो प्रभाव परेको बताइएको छ ।

वर्षा र त्यसपछिको बाढी तथा डुवानका कारण खैबर पख्तुनख्वा प्रान्तका विभिन्न ग्रामिण इलाकामा मात्र १२ व्यक्तिको मृत्यु भएको उक्त प्रान्तका विपत व्यवस्थापन अधिकारी जावद खलिलले बताए । उद्धारकर्मीले कैयौँ अन्य व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरेको पनि बताइएको छ ।

वर्षाका कारण कम्तीमा १० घर र एउटा विद्यालयमा क्षति पुगेको बताइएको छ भने ठूलो मात्रामा हिउँदे बाली नष्ट भएको बताइएको छ । वर्षाका कारण अन्य दुई बालबालिकासहित कम्तीमा पाँच जनाको पूर्वी पञ्जाव राज्य र दक्षिणपश्चिमी बालोचिस्तान राज्यमा मृत्यु भएको उनले बताए ।

भारी वर्षा र हिमपातका कारण पाकिस्तानका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य जनजीवन प्रभावित भएको छ । पाकिस्तानको मौसम विज्ञान महाशाखाले गत सोमबार नै बुधबार देखि देशका अधिकांश स्थानमा वर्षा हुने भन्दै सावधानीका लागि नागरिकहरूलाई सचेत गराएको थियो । महाशाखाले शनिबारपछि मौसममा सुधार आउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

  क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

    विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री

इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध