उच्च इरानी कमाण्डर सिरियामा मारिए



इरानी रिभोलुसनरी गार्डका उच्च सदस्यको सिरियाको राजधानी दमास्कसमा गोली हानी मारिएको छ । गार्डका प्रमुख मेजर जनरल कासिम सुलेमानीको केही समय पहिले इराकमा भएको अमेरिकी आक्रमणमा मृत्युभएको थियो ।

उक्त संगठनका अर्का उच्च कमाण्डर फारहद दाविरियनलाई आवाजहीन अत्याधुनिक हतियारको प्रयोग गरी हत्या गरिएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएका छन् । सिरियाली मानव अधिकारवादी संस्था, सिरियन अब्र्जभेटरी फर ह्युमन राइट्सका अनुसार दाविरियनलाई दमास्कसको दक्षिण क्षेत्रमा रहेको सायिदा जायनब भन्ने इलाकामा मारिएको थियो ।

संस्थाका अनुसार दाविरियनले इजरायलद्वारा नियन्त्रण रहेको गोलन हाइट्स र पालमिरामा इस्लामिक स्टेटका लडाकूहरूको नेतृत्व गर्दै आएका बताइएको छ । उनी लेबनानी सिया हेजबुल्ला समूहका महासचिब हसन नसरल्लाको निकटस्थ रहेर काम गर्दै आएका पनि उक्त संस्थाले जनाएको छ ।

हत्याबारे थप विवरणहरू प्राप्त हुन सकेका छैनन तर शुक्रबार इजरायलले इरान निकट मानिने सिरियाली लडाकू दस्तालाई लक्षित गरी केही हवाई आक्रमण गरेको पुष्टि स्थानीयले गरेका छन् । सिरियाली राष्ट्रपति बसर अल असदको सेनालाई इरानले हतियार तथा सैन्य सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक