अमेरिकामा माइकल ब्लूमबर्गद्वारा चुनावी दौड परित्याग



अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको पार्टीको चुनावमा न्यूयोर्कका पूर्वमेयर माइकल ब्लूमबर्गले अपेक्षित नतिजा प्राप्त गर्न नसकेपछि उम्मेदवारी परित्याग गरेका छन् ।

ब्लूमबर्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डोनाल्ड ट्रम्पलाई पराजित गर्ने उद्देश्यसहित तीन महिना पहिले म राष्ट्रपतिको उम्मेदार दौडमा सामेल भएको थिएँ । आज, म त्यही कारणका लागि चुनावी दौड परित्याग गर्दैछु ।”

न्यूयोर्क शहरका पूर्व मेयर ब्लूमबर्गले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको टिकट हात पार्न चुनावी प्रचारमा व्यक्तिगत ४० करोड ९० लाख अमेरिकी डलर खर्च गरेका थिए ।

उनले अब पूर्व उपराष्ट्रपति जो बाइडेनलाई समर्थन गर्ने बताएका छन् । अमेरिकी अर्बपति व्यापारी ब्लूमबर्गले जनवरीको अन्त्यसम्ममा करिब ४० करोड ९० लाख खर्च गरेको संघीय निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ ।

तर उनले फेब्रुअरीमा पनि निकै बढी खर्च गरेको विश्वास गरिन्छ । मङ्गलबार भएको १४ वटा राज्यको चुनावमा ब्लूमबर्गले समोआ द्वीपमा मात्र विजय हासिल गरेका थिए । तर जो बाइडेनले अप्रत्यासित रुपमा १० वटा राज्यमा चुनाव जितेका थिए ।

चुनावमा निकै प्रभावशाली मानिएका सिनेटर बर्नी स्यान्डर्सले चार वटा राज्यमा विजयी भएका थिए । निकै बढी प्रतिनिधि छनौट हुने क्यालिफोर्निया राज्यमा भने स्यान्डर्सले बाजी मारेका थिए । डेमोक्रेटिक पार्टीका तर्फबाट अब जो बाइडेन वा स्यान्डर्समध्ये एकले आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई भव्य स्वागत

  सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ

  रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

शाही मानहानिको आरोपमा थाई लोकतन्त्र समर्थकलाई तीनवर्षको कारागार सजाय

थाइल्यान्डको एक अदालतले बुधबार शाही मानहानिको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई तीन

म्यान्मामा ३० लाख नागरिक विस्थापित

  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।