कोरोनाभाइरसका कारण जापानले एक महिना विद्यालय बन्द गर्ने



जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी बन्द गर्ने घोषणा गरेका छन् । आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म विद्यालय बन्द रहने छन् । जापानमा दुई बालबालिकासहित थप १३ जनामा कोभिड १९ सङ्क्रमण देखापरेपछि उक्त घोषणा भएको छ । जापानमा यसै वर्ष ओलिम्पिक प्रतियोगिता हुँदैछ । प्रतियोगिताको आयोजक समितिले खेलभन्दा अगाडि हुने ओलिम्पिक मसाल रिलेमा थोरै सहभागिता गराइने जनाएको छ। ।

साउदी अरेबियाले विदेशीलाई तीर्थयात्रीको रूपमा आगमन गर्न निषेध गरेको छ भने कोरोनाभाइरस सङ्क्रमण भएका देशहरूबाट आउने पर्यटकलाई पनि उसले रोक्ने छ । वार्षिक रूपमा हुने हज तीर्थयात्राबारे पनि अनिश्चय उत्पन्न भएका छन् । संसारभरिका मुस्लिमका निम्ति हज यात्रा महत्त्वपूर्ण हुन्छ ।

यसपाली जुलाई तथा अगस्टमा हजयात्रा परेको छ । बेलायतले थप दुई सङ्क्रमण भएको जनाएको छ । त्यहाँ १५ जना सङ्क्रमित भएका छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले त्यहाँ कोरोनाभाइरसको प्रकोप अवश्यम्भावी भएको बताए । अमेरिकामा उपराष्ट्रपति माइक पेन्सलाई कोरोनाभाइरसको मामिलाको प्रमुख जिम्मेवार अधिकारी तोकिएको छ ।

बुधवारसम्म अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ । तिनमा ४५ जना विदेशबाट उद्धार गरेर ल्याइएका हुन् भने १५ जना देशभित्रै देखापरेका हुन् । अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मरिसनले संसार कोरोनाभाइरसको महामारीको संघारमा पुगेको चेतावनी दिँदै त्योसँग जुझ्न सरकारले राष्ट्रिय आपत्कालीन योजना बनाएको घोषणा गरेका छन् ।

चीनभन्दा बाहिर कोरोनाभाइरसको सङ्क्रमणको गतिले अस्ट्रेलियालाई पनि त्यस्तो योजना बनाउन बाध्य पारेको उनले बताए । सरकारले चीनबाट आउने यात्रुमाथि यात्रा प्रतिबन्ध लगाएको छ । तत्कालै फुटबल प्रतियोगिताजस्ता भिडभाड हुने कार्यक्रम रोकिहाल्ने स्थिति नआएको मरिसनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जी ट्वेण्टीको अध्यक्ष भारत जलवायु परिवर्तनका मुद्दामा केन्द्रित हुँदै

भारत आजदेखि विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी

भारत, भियतनाम, टर्की र ब्राजिलका श्रमिक फिनल्याण्डको प्राथमिकतामा

फिनल्याण्डले मुलुकको श्रम क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्तिको आवश्यकता परिपूर्तिका निम्ति भारत, भियतनाम,

अफगानिस्तानको पञ्जशिर प्रान्तमा १३ लडाकूद्वारा आत्मसमर्पण

अफगानिस्तानको पूर्वी भागमा पर्ने पन्जशिर प्रान्तमा १३ जना लडाकूले हतियारसहित स्थानीय अधिकारीसमक्ष आत्मसमर्पण

पाकिस्तानी सेना र लडाकुबीच भएको झडपमा दुईजनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा पाकिस्तानी सेना र लडाकाबीच भएको