कोरोना भाइरसबाट १८ सय ६८ को मृत्यु, ७० हजार संक्रमित



चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन् । जसमा ७० हजार भन्दा बढी कोभिड -१९ सङ्क्रमणका विवरणहरू समेटिएका छन् ।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको हो । उक्त अनुसन्धानले स्वास्थ्यकर्मीहरू पनि उच्च जोखिममा रहेको सङ्केत गरेको छ । मङ्गलवार वुहानमा उपचारका क्रममा एकजना अस्पताल निर्देशकको मृत्यु भएको थियो ।

५१ वर्षीय लियो झामिङ उक्त सङ्क्रमणको केन्द्रमा रहेको एउटा प्रमुख अस्पतालका निर्देशक थिए । कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने उनी हालसम्मका सबैभन्दा वरिष्ठ स्वास्थ्य अधिकारी हुन् ।

वुहान भएको हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा खराब स्तरमा फैलिएको छ । चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले उक्त प्रान्तमा २.९ प्रतिशत मृत्युदर रहेको र अन्यत्र ०.४ प्रतिशत मात्रै मृत्युदर रहेको छ ।

मङ्गलवार सार्वजनिक गरिएको चीनको पछिल्लो अधिकारिक तथ्याङ्कले ७२ हजार ४३६ सङ्क्रमणका घटनामा १ हजार ८ सय ६८ जनाले ज्यान गुमाएका जनाएको छ । अधिकारीहरूले त्यसमा ९८ वटा नयाँ मृत्युका घटनाहरू समेटिएको र अघिल्लो दिन सङ्क्रमणको केन्द्रमा रहेको हुबे प्रान्तमा १ हजार ८ सय ८६ वटा नयाँ घटना भेटिएको उल्लेख गरेका छन् । उक्त अध्ययनले समग्रमा कोभिड- १९ को मृत्युदर २.३ प्रतिशत रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेबनानद्वारा सिरियाली शरणार्थीको सुरक्षित स्वदेश फिर्तीका लागि राष्ट्रसङ्घलाई आग्रह

लेबनानले सिरियाली शरणार्थीलाई सुरक्षित स्वदेश फर्काउन संयुक्त राष्ट्रसङ्घले लेबनानी अधिकारीलाई सहयोग गर्नुपर्ने बताएको

युक्रेन युद्धले युरोप शक्तिशाली छैन भन्ने देखाएको फिनल्याण्डका प्रधानमन्त्रीको भनाइ

फिनल्याण्डका प्रधानमन्त्री सान्ना मरिनले युक्रेनविरुद्ध रूसले गरेको आक्रमणपछि युरोपको क्षमताबारे मूल्याङ्कन गर्दै मस्कोविरुद्ध

४५ प्रतिशत पाकिस्तानीलाई आर्थिक सुधार हुनेमा विश्वास

पाकिस्तानका करिब ४५ प्रतिशत नागरिकलाई यहाँको आर्थिक अवस्थामा सुधार आउनेमा विश्वास लागेको हालै

सान फ्रान्सिस्कोमा प्रहरीलाई ‘ज्यानमारा रोबट’ खटाउन दिने अधिकार

सान फ्रान्सिस्कोका विधायकहरूले शहरका प्रहरीलाई ‘ज्यानमारा रोबटहरू’ प्रयोग गर्न दिने प्रस्तावको पक्षमा मतदान