आम आदमी पार्टीका अरविन्द केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बन्दै



भारतको राजधानी दिल्लीको विधानसभाको चुनावमा आफ्नो पार्टीले सानदार जित हासिल गरेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अर्को कार्यकाल सुरक्षित बनाएका छन्।

यो चुनावमा आम आदमी पार्टी (आप)लाई मतदाताहरूले उल्लेख्य रुपमा समर्थन गरेका छन्। यो परिणामले केन्द्रको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई ठूलो धक्का दिएको छ जसले गत वर्षको आमचुनाव सानदार रुपमा जितेको थियो।

भाजपाले दिल्लीमा थप पाँच सिट जितेको छ तर अझै पनि ७० मध्ये उसको पकडमा जम्मा ८ वटामात्रै छन्। बाँकी सबै आम आदमी पार्टीले जितेको छ।

“यो भारत आमाको जित हो,” पार्टी कार्यालयमा रहेका आफ्ना समर्थकमाझ केजरीवालले भने। उनले समर्थकहरूलाई हात हल्लाएर “दिल्लीका जनतालाई प्रेम गर्ने” बताए।

५१ वर्षीय पूर्वकर्मचारी केजरीवाल भ्रष्टाचारविरोधी अभियान गर्दै राजनीतिमा उदाएका थिए। उनी पहिलोपटक सन् २०१३ मा मुख्यमन्त्री बनेका थिए र त्यसपछि सन् २०१५ मा भारी मतसहित पुन: निर्वाचित भए।

भारतका सरकारी विद्यालयमा सुधार ल्याएको, सुलभ क्लिनिकहरू बनाएको र सस्तोमा पानी र बिजुली उपलब्ध गराएको जस उनलाई जाने गर्छ।

प्रहरी फौजको नियन्त्रण र जग्गासम्बन्धी अधिकार अझै पनि केन्द्र सरकारसँग रहेका बेला उनले राज्यको बृहत् स्वायत्त अधिकारका लागि समेत निरन्तर रुपमा अभियान गर्दै आएका छन्।

“यो केवल मेरो मात्रै जित होइन। राम्रो शिक्षा र स्वस्थ्य उपचार पाइरहेका बालबालिकाका परिवारको जित हो,” उनले भने।

आफ्नो पार्टीको जित भगवान हनुमानको आशीर्वादले भएको बताएका केजरीवालले जितपछि पार्टी कार्यालयबाट शहरको केन्द्रमा रहेको हनुमान मन्दिरसम्म गरिएको परेडको नेतृत्व गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत