दिल्लीस्थित अमेरिकी दूतावास हातामा पाँच वर्षीया बालिका बलात्कृत



भारतको राजधानी दिल्लीस्थित अमेरिकी दूतावासको हाताभित्र पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक २५ वर्षीय युवक पक्राउ परेका छन्।

बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गरेपछि ती युवकलाई आइतवार पक्राउ गरिएको प्रहरीले समाचारसंस्था पीटीआईलाई बताएको छ।

घटना शनिवार बिहान भएको बताइएको छ। परीक्षणमा ती बालिका बलात्कृत भएको पुष्टि भएको चिकित्सकहरूले बताएका छन्। पीडित बालिकाको स्वास्थ्य अवस्था स्थिर छ। उनका बुवा दूतावासमा काम गर्थे र परिवार दूतावास हाताभित्रै बस्थ्यो।

बलात्कारको आरोप लागेका व्यक्तिका बुवा पनि दूतावासका कर्मचारी भएको बताइएको छ। आरोपित युवक चालक भएको तर दूतावासको कर्मचारी नभए पनि बुवासँगै दूतावास हातास्थित कर्मचारी आवासमा बस्ने गरेको प्रहरीले जनाएको छ।

दिल्लीको केन्द्रमा रहेको चाणक्यपुरीस्थित कूटनीतिक क्षेत्रमा अमेरिकी दूतावास छ। कडा सुरक्षा रहेको दूतावास २८ एकडमा फैलिएको छ। त्यहाँ स्थानीय कर्मचारीहरू पनि काम गर्छन्।

अनुसन्धानकर्ताहरूले बताएअनुसार आरोपित र पीडितका परिवारको राम्रो चिनजान थियो। बालिकालाई बाहिर खेलिरहेको देखेपछि ती युवकले लोभ्याएर आफ्नो घरमा लगेका थिए। त्यति बेला आरोपितका अभिभावकहरू बाहिर थिए।

बालिकाले घर फर्किएपछि उक्त घटनाबारे आफ्नी आमालाई बताएकी थिइन्। त्यसलगत्तै उनलाई अस्पताल लगियो।

परीक्षण गर्दा उनी बलात्कृत भएको पुष्टि चिकित्सकहरूले गरेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत