लन्डनमा अन्धाधुन्ध चक्कु हान्ने व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु



दक्षिणी लन्डनमा आइतवार दिउँसो मानिसहरूलाई अन्धाधुन्ध चक्कु हान्ने एक पुरुषको प्रहरी कारबाहीमा मृत्यु भएको छ।

सुदेश अम्मान नाम गरेका ती २० वर्षीय व्यक्ति झन्डै एक साताअघि मात्र कारागारबाट छुटेका थिए। आतङ्कवादसम्बन्धी अभियोगमा जेल परेका उनलाई तीन वर्ष चार महिनाको सजाय सुनाइएको थियो।

आधा सजाय भोगेपछि उनी मुक्त भएका थिए। जेलबाट छुटेपछि अम्मान प्रहरीको सक्रिय निगरानीमा थिए। तर उनले दक्षिणी लन्डनको स्ट्रीथम हाई रोडमा सर्वसाधारणलाई आक्रमण गर्न भ्याए। उनको शरीरमा कुनै उपकरणजस्तै देखिने नक्कली वस्तु टाँसिएको प्रहरीले जनाएको छ।

आक्रमणमा तीन जना घाइते भए। तीमध्ये एक जना जीवन जोखिममा हुने खालको अवस्थामा भएको बताइएको छ। प्रहरीले प्रहार गरेको गोली लागेर ती आक्रमणकारीको मृत्यु भयो।

प्रहरीले घटनालाई इस्लामिक अतिवादसँग जोडिएको आतङ्कवादी आक्रमण भनेको छ। विवरणहरूका अनुसार अम्मानले एउटा पसलभित्र छिरेर मानिसहरूलाई चक्कु प्रहार गरे। त्यसपछि उनले बाहिर निस्किएर एक महिलालाई पनि आक्रमण गरेको देखिन्छ।

सशस्त्र प्रहरीहरू उक्त स्थलतिर आएर मानिसहरूलाई पछि सर्न भनेपछि प्रत्यक्षदर्शीहरूले तीन चोटि गोली चलेको सुनेको र एक व्यक्ति बूट्स फार्मेसीबाहिर लडिरहेको देखेको बताएका छन्।

उक्त घटनापछि प्रधानमन्त्री बोरिस जोनसनले आतङ्कवादसम्बन्धी मुद्दामा सजाय खेपिरहेका व्यक्तिहरूसँग गरिने व्यवहारबारे सोमवार सरकारले नयाँ योजना सार्वजनिक गर्ने बताएका छन्।

उनले भनेका छन्, “आतङ्कवाददप्रति गरिने व्यवहारबारे सरकारले तत्काल नयाँ व्यवस्था गर्नेछ।” त्यसमा लामो जेल सजाय र प्रहरीलाई थप बजेट विनियोजन गर्ने विषय ‍पनि हुनेछन्।

बीबीसीका राजनीतिक संवाददाता क्रिस मेसन भन्छन्, “अम्मानलाई जेलबाट छाडिँदा उनले सर्वसाधारणलाई पुर्‍याउन सक्ने जोखिमबारे चिन्ता व्यक्त गरिएको थियो। तर उनलाई जेलमै राखिराख्ने कानुनी व्यवस्था थिएन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय

बाढीले अफगानिस्तानमा ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

  हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका