फ्लोरिडामा अमेरिकी नौसैनिकमाथि भएको आक्रमण आतङ्कवादी स्वरूपको



शुक्रवार अमेरिकाको फ्लोरिडास्थित नौसैनिक शिविरमा भएको हिंसक घटनालाई आतङ्कवादी आक्रमणका रूपमा हेरिएको सङ्घीय जाँच ब्यूरो एफबीआईले जनाएको छ।

त्यहाँको पेन्सकोला क्षेत्रमा प्रशिक्षण लिइरहेका एक साउदी सैनिकले आफू मारिनुअघि तीन नौसैनिकहरूको हत्या गरेका थिए। विशेष अनुसन्धानकर्ता राचेल रोजासले त्यस्तो आक्रमण एक्लै वा सङ्गठित कस्तो रूपमा भएको थियो भनेर एफबीआईले बुझिरहेको बताएकी छन्।

उनले अन्य साउदी प्रशिक्षार्थीसँग सोधपुछ गरिए पनि कसैलाई पक्राउ नगरिएको बताएकी छन्। घटनापछि सबै साउदी प्रशिक्षार्थीहरूलाई शिविरमा भेला पारिएको र उनीहरूले अनुसन्धानकर्ताहरूलाई सघाएको बताइएको छ।

उक्त आक्रमणमा ज्यान गुमाउने नौसैनिकहरू १९ देखि २३ वर्ष उमेरका छन्। अमेरिकी जलसेनाले ‘ज्यान गुमाउने सैनिकहरूले दुर्लभ साहस’ देखाएको जनाएको छ। आइतवारको पत्रकार सम्मेलनमा विशेष अनुसन्धानदाता रोजासले भने अहिलेसम्मको जाँचबारे केही खुलाइनन्।

यद्यपि उनले ती २१ वर्षीय बन्दुकधारी मोहम्मद अल्सामरानीले प्रक्रिया पुर्‍याएरै बन्दुक किनेको बताएकी थिइन्।त्यो एउटा नौ मिलिमिटरको हाते बन्दुक थियो। एउटा अ न्लाइन निरीक्षणकर्ता समूहका भनाइमा अल्सामरानीजस्ता देखिने एक ट्विटर प्रयोगकर्ताले बन्दुक आक्रमण हुनुअघि शृङ्खलाबद्ध रूपमा अमेरिकाविरोधी पोस्टहरू लेखेका थिए।

अमेरिकी सञ्चारमाध्यममा जनाइएअनुसार साताको सुरुमा साँझको खाना खाने बेला गोलीकाण्डका भिडिओहरू अरूलाई देखाएका थिए। पेन्सकोलाको उक्त सैन्य अड्डाले लामो समयदेखि विदेशी सेनाहरूलाई उड्डयन तालिम दिनेगर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका