यी हुन् लण्डन ब्रिजका आक्रमणकारी उस्मान खान



ब्रिटेनको राजधानीको केन्द्रमा अवस्थित लन्डन ब्रिजमा शुक्रवार चक्कु प्रहार गर्ने व्यक्ति आतङ्कवादसँग सम्बन्धित अपराधमा दोषी प्रमाणित भएर कारागार बसेको पुष्टि भएको छ। शुक्रवारको घटनामा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए।

प्रहरीले गोली प्रहार गर्दा ती सन्दिग्ध व्यक्तिको पनि मृत्यु भएको थियो। प्रहरीले २८ वर्षीय ती आक्रमणकारीको नाम उस्मान खान भएको र उनी गत वर्ष कारागारबाट ससर्त बाहिर आएको बताएको छ।

लन्डन ब्रिजमा चक्कु प्रहार भइरहेको देखेपछि सर्वसाधारणहरूले उनलाई नियन्त्रणमा लिएका थिए। पछि प्रहरीले गोली चलाउँदा उनको मृत्यु भयो।प्रहरीले लन्डन ब्रिजमा ‘आतङ्कवादी घटना’ भएको बताएको छ। प्रहरीका अनुसार खान सन् २०१२ मा आतङ्कवादीसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए।

मेट पुलिसका आयुक्त नील बसुले प्रकाशित गरेको विज्ञप्तिमा खान गत वर्ष डिसेम्बरमा कारागारबाट सर्तसहित बाहिर आएको र अहिले उनले किन यस्तो आक्रमण गरे भन्नेबारे छानबिन गरिने उल्लेख छ।

द टाइम्स पत्रिकाका अनुसार सधैँ एउटा विद्युतीय उपकरण लाउने र आफ्ना गतिविधि निगरानीमा राख्ने सहमत भएपछि उनी गत वर्ष मुक्त भएका थिए। खानको स्याफोर्डशरस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ।

प्रहरीले अहिले अनुसन्धान प्रारम्भिक चरणमा भएको र उक्त आक्रमणमा अरू पनि कोही संलग्न थिए कि भनेर खोजी भइरहेको जनाएको छ।

आक्रमण दिउँसो १:५८ बजे लन्डन ब्रिजको उत्तरी भागमा भएको थियो। नजिकै एउटा भवनमा केम्ब्रिज यूनिभर्सिटीले कैदीहरूको पुनर्वासको विषयमा एउटा कार्यक्रम आयोजना गरिरहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय