भारतका केन्द्रीय मन्त्री अरबिन्द सावन्तद्वारा राजीनामा घोषणा



भारतका केन्द्रीय मन्त्री अरबिन्द सावन्तले मन्त्रिमण्डलबाट राजीनामा दिएका छन् । उनी शिवसेनाबाट लोकसभाका सांसद हुन् । सावन्त मोदी मन्त्रिमण्डलमा उद्योग मन्त्री हुन् ।

उनले ट्विटमार्फत् राजीनामाको घोषणा गरेका हुन् । यो राजीनामाले शिवसेनाले कंग्रेस र एनसीपीको सहयोगमा महाराष्ट्रको सरकार बनाउन चाहेको देखिएको जनाइएको छ । शिवसेना र भाजपा महाराष्ट्रको विधान सभा निर्वाचनमा मिलेर चुनाव लडेको भएपनि सरकार बनाउने विषयमा विवाद भएको हो ।

भाजपा ठूलो दल भएपनि बहुमत नमिलेपछि शिवसेनासँग मिलेर सरकार बनाउने प्रयास गरको थियो । तर, शिव सेनाले आफूलाई अढाइ वर्ष सम्म मुख्यमन्त्री दिनुपर्ने शर्त राखेको थियो ।

भाजपाले सो शर्त अस्वीकार गर्दै आफूले सरकार बनाउन नसक्ने बताएपछि गभर्नर भगतसिंह कोशियारीले दोस्रो ठूलो दल शिवसेनालाई सरकार बनाउन आइतबार मात्रै आह्वान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ दिल्लीमा विगत ६ वर्षयता सबैभन्दा बढी वायु प्रदूषण

नोभेम्बरका केही दिनहरूमा दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको भारतीय वायु स्तर

यात्रा प्रतिबन्ध मात्र समाधान होइनः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक

दक्षिण कोरियामा पनि देखियो ‘ओमिक्रोन’

दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया

१६ वर्ष जेलमा बसेर दोषमुक्त भएका मानिससँग अमेरिकी लेखिकाले मागिन् माफी

अमेरिकी लेखिका एलिस सेबोल्डले आफूलाई सन् १९८१ मा बलात्कार गरेको आरोपमा गलत तरिकाले