दक्षिण कोरियाले उत्तरलाई बुझायो १६ जनाको हत्या गरेर भागेका दुई उत्तर कोरियाली माझीलाई



माछा मार्ने डुङ्गामा आफ्ना १६ जना सहकर्मीको हत्या गरेको आशङ्का गरिएका दुई उत्तर कोरियाली माझीलाई दक्षिण कोरियाले उत्तरका अधिकारीहरूलाई जिम्मा लगाएको छ।

उत्तरबाट दक्षिण कोरियाको सामुद्रिक सीमामा शनिवार प्रवेश गरेपछि उनीहरूलाई दक्षिण कोरियाले नियन्त्रणमा लिएको थियो। उत्तरबाट भागेर आफ्नो देशमा आएका मानिसहरूलाई प्राय: दक्षिण कोरियाले शरण दिने गरेको छ।

तर ती दुई पुरुषबाट आफ्नो राष्ट्रिय सुरक्षामा खतरा पर्न सक्ने भन्दै यो घटनामा उसले त्यसो गरेन। उनीहरूलाई शरण खोज्न आएका व्यक्तिका रूपमा भन्दा पनि अपराधी मानियो र तदनुरूप व्यवहार गरियो। माछा मार्न प्रयोग हुने डुङ्गामा चढेर सीमा पार गरेको दुई दिनपछि उनीहरू पक्राउ परेका थिए।

समाचारसंस्था योन्हापका अनुसार अर्का एकजना व्यक्तिसँग मिलेर उनीहरूले डुङ्गाका प्रमुख चालकलाई अक्टोबर महिनामा मारेको स्वीकार गरेका छन्। आफूसँग नराम्रो व्यवहार गरिएको भनाइ उनीहरूको रहेको दक्षिणका अधिकारीहरूले जनाएका छन्।

चालकको हत्याको विरोध गर्ने अन्य १५ कर्मचारीलाई पनि उनीहरूले मारिदिएका थिए। सबै शवलाई समुद्रमा फालिदिएको थियो। पहिला तीनै जना उत्तर कोरिया फर्किए। तर एक जनालाई प्रहरीले बन्दरगाहमा समातेपछि ती दुई जना डुङ्गामै दक्षिणतिर भागे।

आफूले उनीहरू भागेर दक्षिण आउनुको कारणमा विश्वास गर्न नसकेको र ती “अपराधी” लाई बस्ने अनुमति नदिएको दक्षिण कोरियाको एकता मन्त्रालयले जनाएको छ। ती सन्दिग्धहरू २० वर्षको छेकोमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

युक्रेन । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक